Warning: session_start(): open(/tmp/sess_ilgntcqgjk4dklc46mv2r6o1n4, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
परियोजना सल्लाहकार समिति गठन र परिचयात्मक कार्यक्रम सम्पन्न – lokpriyaawaj

परियोजना सल्लाहकार समिति गठन र परिचयात्मक कार्यक्रम सम्पन्न

मुकेश झा

सर्लाही, असार २६ । वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपाल तथा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र सर्लाहीद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशीप तथा पोषण तथा उत्थानशील जि,िवकोपार्जन परियोजनाको जिल्लाको पर्सा गाउँपालिकामा स्थानीयतह परियोजना सल्लाहकार समिति गठन भएको हो । गाउँपालिका अध्यक्ष धिरेन्द्र राय अध्यक्ष रहेको समितिमा प्रशासकीय अधिकृत सदस्य सचिव रहनुका साथै, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, विषयगत शाखा प्रमुखहरु, बाल क्लब प्रतिनीधि, र समुदायमा आधारित संस्था (ग्एन्) का प्रतिनीधिहरु सदस्य रहेका छन् ।
उक्त कार्यक्रम सँगसँगै आर्थिक वर्ष २०२३ मा भए गरेका क्रियाकलापहरुको समिक्षा गर्दै आर्थिक वर्ष २०२४ मा हुने परियोजनाहरुको पनि परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
बाल क्लब प्रतिनीधि असोक साह भन्छन् ,“संस्थाहरुले विद्यालयमा पनि बालबालिकाहरुको लागि के कस्तो भैरहेको छ त्यो अनुसार जानकारी लिई सहयोग गर्नु पछ ।”
बागमती सेवा समाज नेपाल तथा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रले समुदायलाई चाहिने ठीक–ठीक चाहिने कार्यक्रमहरु गरेका छन् र एकमद राम्रो रहेको पर्सा गाउँपालिका महिला बालबालिका शाखा प्रमुख चन्दा यादवले बताए ।
बालबालिकाहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरामा सँगै मिलेर काम गर्न सकिने पर्सा वडा नम्बर ३ का वडा अध्यक्ष रघुनाथ साहले बताउनु भयो ।
“विगतका वर्षहरुमा पनि बागमती सेवा समाज नेपाल तथा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रले अति जोखिममा रहेका बालबालिका तथा समुदायहरुका लागि प्रभावकारीढंगले काम गरेका छन् र यो आर्थिक वर्ष २०२४ पनि प्रभावकारी रहने विश्वस्त छु ।” धिरेन्द्र राय यादव पर्सा गाउँपालिका अध्यक्ष भन्छन् ,“पर्सा गाउँपालिकामा जुन सुकै संघसंस्था आए पनि एकदम राम्रो समन्वय गर्दै अगाडी बढ्दछ । अति विपन्न र जोखिममा रहेका बालबालिकाहरुलाई सम्वृद्ध बनाउने परियोजनाहरु एकदमै सकारात्मक रहेको छ । यसको लागि गाउँपालिकाको तर्फबाट हुने सहयोग बेझिक गर्न तयार छ । आउँदो आर्थिक वर्षमा पनि परियोजनाहरुबाट पनि विगतका जस्तै प्रभावकारी रहेने अपेक्षा गर्दछु ।”
े गाउँपालिकाबाट वितेको वर्ष ७ वटै बाल क्लबहरुको लागि कोठा उपलब्ध गराएको जानकारी दिनुका सार्थ यदि सम्भव भए सम्म परियोजनाको तर्फबाट बाल क्लबको भवन बनाई दिनका लागि अध्यक्ष यादवले अनुरोध समेत गर्नुभयो ।
राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका मिल अधिकृत झुपा पाँचकोटीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको सहजिकरण राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका कार्यक्रम व्यवस्थापक राम यादव र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले गरेका थिए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_ilgntcqgjk4dklc46mv2r6o1n4, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0