अधिकृतलाई र्दुव्यवहार गरेको बिरोधमा हरिपूर्वा नगरपालिकाको कर्मचारीले आज तेस्रो दिन पनि कामकाज ठप्प

लोकप्रिय समाचारदाता

माघ १६ गते । सर्लाहीको हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई वडाध्यक्षद्वारा भएको र्दुव्यवहार तथा हातपात बिरुद्ध आज तेस्रो दिन पनि हरिपूर्वा नगरपालिकाको मातहत भित्र रहेको स्वास्थ्यचौकी बाहेक सबै कार्यलायमा र्कमचारीद्वारा कामकाज ठप्प नै राखेको छ ।
हरिपुर्वा नगरपालिकामा माघ १२ गते कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत वसन्त न्योपाने नगरप्रमुख बिनोद कुमार साहको कार्यकक्षमा कार्य सम्पादन गरिरहेको बेला जसपा बाट निर्वाचित वडाध्यक्षहरु राम स्वार्थ राय, उमेश राय र प्रमोद रायले कार्यालय सहयोगी भर्नाको बिषय लिएर बिबाद गर्दै प्रमुख प्रशासकिय अधिकृतलाइ हातपात गर्दै गाली बेइजती गरेको भन्दै कर्मचारीहरुले हरिपुर्वा नपाको नगरप्रमुख बिनोद कुमार साहलाई ज्ञापनपत्र बुझाएको थियो ।
यता जसपा बाट निर्वाचित वडाध्यक्ष राम स्वार्थ राय सहितको टोलीले कार्यालय सहयोगी भर्ना तथा प्रमुख प्रशासकिय अधिकृतले बिदामा बसेको दिन पनि हाजरी राजिस्टरमा हाजिरी गरेको बिषयमा सोधपुछ गर्दा उल्टै प्रमुख प्रशासकिय अधिकृतले तिमी को हो सोधपुछ गर्ने भनी हामिलाइ नै हप्काएको जनाएको छ । हाम्रो टोलि ले कुराकानी मात्रै गरेको कुनै किसिमको हातपात र गाली तथा र्दुव्यवहार नगरेको वडाध्यक्ष यादबले बताएको छन ।
विगत ३ दिन देखी कार्यलाय तथा वडाहरु वन्द हुदा सेवाग्राही हरु र्माकामा परेको छ । नागरिक्ता सिफारिस,जन्मर्दता, जग्गा खरिद बिक्रीको सिफारीस जस्ता विभिन्न कामकाज बन्द हुदा स्थानिय समस्यामा परेको छ ।

Comments
Loading...