अषाढे बिकाको नतिजा, हरिपूर्वा नगरपालिकाको मुल सडक हिलोमय

मुकेश झा २०७८ बैशाख १० गते

बिगत डेढ दशक देखि लगातार अषाढ महिना मा नै बजेट सिध्याउने परम्परा रहेको हरिपूर्वा नगरपालिका यस पालि पनि अषाढे बिकास प्रणालिमा पछि पडन सकेन ।
सर्लाहीको सबै भन्दा बिकासमा पछि पडेको नगरपालिकाको मुल सडकमा समयमै नाला निर्माण गर्न नसक्दा हरिपूर्वा नगरपालिका वडा नमबर १,२,५ र ६ मा पर्ने मुल सडकमा बिहीबार आधा घण्टा मात्र परेको पानीमा पुरै सडक पोखरीमा परिर्बतन भएको छ ।


सर्लाहीको पुवै पश्चिम राजमार्ग देखि दक्षिण भारतको सिमा नजिक सग्राम्पूर सम्मको सडक निर्माण तथा कालो पत्रे काममा सर्लाही इश्वरपूर नपा को गौरीशंकरमा एक बर्ष पहिले नै नाला निर्माण तथा कालो पत्रे निर्माण सम्पन्न भइ सकेको छन । त्यस्र्त हरिपूर्वा नगरपालिकाको बसंतपूरमा पनि र्बषात आउनु अगाडी नै नाला निर्माण तथा कालोपत्रे सम्पन्न भई सकेको नगर प्रमुख सियाराम रायले बतायनु भयो ।
नगर प्रमुख रायको अनुसार हरिपूर्वा नगरपालिकाको वडा नमबर १,२,५ र ६ को मुल सडकमा पर्ने घरहरु हटाउन लाई पटक पटक जानकारी गराइसके पनि अधिकांश ठाउमा घर नतोडेको कारण अषाढ भित्र नाला निर्माण गरिन नसक्दा र भएको नालामा पनि नाया माटो भरिएको ले पानि निकासा हुन नसक्ने उहाँले बताउनूभयो ।
यहि अबस्था रहयो भने यसपालि हरिपूर्वाको मुल सडक पार गर्न नगरपालिकालाई डुगांको व्यबस्था गर्नु पर्छ ।

Comments
Loading...