अषाढ सकिन लाग्दा लक्षीत वर्गको कार्यक्रमहरु धमाधम सम्पन्न हुदैं

मुकेश झा ३०अषाढ २०७७ हरिपूर्वा सर्लाही

बिश्वमा तिब्ररुपमा फैलिएको कारोना माहामारीको कारण प्रदेश २ को अधिकाशं स्थानिय तहमा ज्येष्ठ सकिन लागेको बेला बजेट कार्यक्रम शुरु गरिएको थियो । आर्थिक मसांत सम्पन्न हुनेबेलामा बिकास निर्माणको काम शुरु गरिएको स्थानिय तहहरु मध्ये सर्लाहीको हरिपूर्वा नगरपालिका पनि परेको छन ।
अषाढ सकिन लागेको वेलामा हरिपूर्वा नगरपालिका अन्र्तगत रहेको ९ वटा वडामा लक्षीत वर्गमा छुटियाइको वजेटवाट अधिकाशं वडाले काम सम्पन्न गरेको छन । जस मध्ये हरिपूर्वा नगरपालिका भित्र रहेको ९ वटै वडामा अपागं हरुको लागी छुटियाइएको बजेटबाट नगर अपागं समितीले एक कार्यक्रम बिच अति अशक्त अपागंलाई हाथे साइकल तथा अपागं भए पनि काम गर्न सकिनेहरुको लागी सिलाई मसिन उपल्बध गराएको अध्यक्ष महेन्द्र रायले वताएको छन ।
त्यस्तै वडा नम्बर ३ को महिला स्वास्थ्य स्वयं सेविकालाई एक कार्यक्रम को बिच युवा नारी बिकाश सिल संस्थाको आयोजनामा समपन्न कार्यक्रमा साइकल तथा बैग हस्तनान्तरण गरिएको वडाध्यक्ष धर्मराज सिहंले वताउनुभयो ।


हरिपूर्वा नगरपालिका ४ डुमरियाले ६० वटा कृषक समुह र किसान लाई खेतमा औषधी छर्कने स्प्रे टकीं गा्रमिण सामुदायिक मचंको आयोजनामा सम्पन्न कार्यक्रममा हस्तनान्तरण गरिएको वडाध्यक्ष नागेश्वर रायले बताउनुभएको छन ।

Comments
Loading...