मंसिर १० सर्लाहि । लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गएसाँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो । आगोले जलेर शक्त घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात प्रहरीले गएराति ९ बजेपछि थप उपचारका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालतर्फ लगेको थियो । पोखरेलको उपचारकै क्रममा आज बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । गएसाँझ पौने ८ बजेतिर डुमडुमे मन्दिर अगाडि बेवारिसे पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाएपछि छेउछाउमा रहेका स्थानीयले हतारहतार पानी र बालुवा हालेर आगो निभाएको प्रत्यक्षदर्शी रोशन बोहोराले जानकारी दिनुभयो । लालबन्दीमा एक घण्टा भन्दा बढी समय राख्दासमेत जलेर घाइते पुरुषको पहिचान नभएपछि प्रहरीले एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि जनकपुर पठाएको थियो । प्रहरी निरीक्षक जोहारीका अनुसार मृतकको परिवार आज बिहान मात्रै सम्पर्कमा आएपछि परिचय खुलेको हो । पोखरेलले आत्मदाह गर्नुको कारण खुल्न सकेको छैन् । प्रारम्भिक जानकारी अनुसार पोखरेल केही समयदेखि प्रायः घरमा नबस्ने र मठ, मन्दिरमा बस्ने गरेको पाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ । मृतकका आफन्त अहिले बिहान झापाबाट जनकपुरका लागि प्रस्थान गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments