आफ्नो समुदाय बनाउन बालबालिकाले अनुगमन गर्नु पर्छः नगरप्रमुख साह

प्रमेश बादे

सर्लाही, जेष्ठ ९ । आफ्नो समुदाय बनाउन बालबालिकाले अनुगमन गर्नु पर्छ । बालबालिका भविष्यका कर्णधार हो । बालबालिकाका लागि जति बजेट छुट्याउँछौं त्यो कम हुन्छ ।” हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह भन्छन्, “ हामी पनि अनुगमन गछौं । हाम्रो समुदायमा भएका कार्यक्रमहरु सर्हानीय छ ।”

वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा समुदाय संलग्नता बाल स्पोन्सरशीप परियोजना अन्तर्गत ३ दिने बाल नेतृत्व सम्बन्धी अनुगमन कार्यशाला गोष्ठीको समापन कार्यक्रममा हरिपुर्वा नगरपालिकाले बालबालिकाका लागि जति सक्दो धेरै जति पनि बजेट छुट्याउने नगरप्रमुख साहले प्रतिबद्धता जाहेर गर्नु भएको हो ।

तीन दिन सम्म चलेको उक्त कार्यशाला गोष्ठीमा बालबालिकाले बागमती सेवा समाज नेपाल, हरिवन सर्लाही र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र, मलंगवाबाट हरिपुर्वा नगरपालिका र पर्सा गाउँ पालिका के कस्तो क्षेत्रमा के कसरी भएको सहयोग बारेमा जानकारी हाँसिल गर्दै तथ्याङ्क, तथ्याङ्कको प्रकार तथा महत्व, यसको संकलन तथा व्यवस्थापन कसरी गर्ने भन्ने पनि जानकारी हाँसिल गरेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।

हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका बालबालिका तथा किशोरकिशोरीको सहभागिता भएको उक्त गोष्ठीमा वहाँहरुको चार समूह बनाई हरिपुर्वा नगरपालिकाको विभिन्न वडाँहरुमा विभिन्न विषयगत क्षेत्रको अनुगमन समेत गरी लाभदायक हरुसँग छलफल, अन्तरक्रिया तथा अन्तरवार्ता समेत लिएका थिए साथै सबै सदस्यहरुले आ–आफ्नो समूहको प्रस्तुत र अनुभव समेत बताएका बालबालिका तथा किशोरकिशोरीहरु खुशी भएको संयोजक बादेले बताए ।

बालबालिकाहरुले आ–आफ्नो वडामा विभिन्न परियोजनाको कामहरु कसरी काम भईरहेको अनुगमन गर्नु र बुझ्नु, साथै सम्बन्धित निकायमा जानकारी पृष्ठपोषण गर्नु रहेको वल्र्ड भिजन इन्टरनेसनल नेपाल, बर्दिवास ईष्टफिल्ड कार्यालय क्लष्टरका प्रमिल अधिकारीले बताउनु भयो ।

विभिन्न छलफल, खेल तथा अभ्यासका माध्यमबाट ३ दिन सम्म सञ्चालन भएको कार्यशाला गोष्ठीको सहजिकरण वल्र्ड भिजन इन्टरनेसनल नेपाल, बर्दिवास ईष्टफिल्ड कार्यालय क्लष्टरका प्रमिल अधिकारी, संसार श्रेष्ठ तथा प्रमेश बादेले गरेका थिए ।

Comments
Loading...