आयुर्वेदशाखा द्धारा हरिपूर्वा नपामा सातौ अन्तरास्ट्रिय योग दिवश सम्पन्न

लोकप्रिय समाचारदाता २०७८ ०३ ०८

योग गरौ डटेर कोभिड जान्छ हटेर भन्ने नाराको साथ अन्तरक्रिया तथा योगाभ्यास गरि वडा अध्यक्ष एवम समिति अध्यक्ष श्री बिजय कुमार यादब ज्युको अध्यक्षता र नगर प्रमुख सिया राम राय ज्युको प्रमुख आतिथ्यमा एवम प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल ज्युको बिशिस्ट आतिथ्यमा सन्चालन भएको कार्यक्रममा वडा ५ को वडाध्यक्ष बिजय कुमार यादब ले उद्घाटन गरेको कार्यक्रममा आर्युवेद शाखाको प्रमुख संजय कुमार यादबले स्वागत मन्तब्य दिनु भएको थियो ।

कार्यक्रममा हरिपूर्वा नगरपालिकामा संचालित नियमितयोगाभ्यास गराई रहेका योग प्रशिक्षक सुजित साहले योग हल निर्माण तथा योग समुहलाई ब्यवस्थापन गर्नुपर्ने मा नगरपालिका लाई ध्यानार्कषण गराउनु भएको थियो । लगातार ८ बर्ष देखि नियमित रुपमा संचालनमा रहेको योग शिबिरलाई आफ्नो भवन नभएको कारण जता ततै शिबिर संचालन गनुपर्ने बाध्यता रहेको हरिपूर्वा योग शिबिरको अध्यक्ष अनिल साहले बताउनु भयो ।
कार्यक्रममा नियमितयोगाभ्यास मा सहभागी भइरहेको सदस्यहरु लाई प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकालले दोस्ल्ला ओढाइ सम्मान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाको वडाध्यक्ष,जनप्रतिनधि तथा बिद्याथीहरुको उपस्थिती रहेको थियो ।

Comments
Loading...