आरसी बालबालिकालाई शैक्षिक समाग्री बितरण

बर्षा झा

असार २ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउपालिकाको सात हजार दुई सय आरसी बालबालिकालाई शैक्षिक समाग्री बितरण गरिएको छ ।
वर्ल्ड भिजन नेपालको सहयोग, बागमती सेवा समाजको आयोजना र पर्सा गाउपालिका तथा हरिपुर्वा नगरपालिकाको समन्वयमा हरिपुर्वा नगपालिकाको ९ वटा वडा र पर्सा गाउपालिकाको ६ वटा वडाको ७ हजार २ सय बालबालिकालाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको बागमती सेवा समाजको अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो ।


शैक्षिक समाग्रीमा बालबालिकाले एक थान बैग, ६ पिस कापी,, भुटेको चना २०० ग्राम,किलियर बैग लगाएतको समाग्री हस्तान्तरण गरिएको छ ।


कार्यक्रममा हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साह, उप प्रमुख सुमिन्त्रा देबि ग्वारिन, प्रशासकीय अधिकृत कुमार परियार, वडाध्यक्ष नोखेलाल रायको उपस्थिति रहेको थियो त्यस्तै पर्सा गाउपालिकाको तर्फबाट गाउपालिका प्रमुख धिरेन्द्र राय बिस्पत,वडाध्यक्षहरु, बागमती सेवा समाजको तर्फबाट भरत कार्की, प्रमेश बादे, नवल साह, पुजा मिश्रा, सहितको उपस्थिति रहेको थियो ।

Comments
Loading...