ईश्वरपुरमा पानीमा डुबेर एक किशोरको मृत्यु, शव निकाल्न खोताखोर मगाइयो

लोकप्रिय समाचारदाता

भदौ ०८ सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीस्थित फूलजोर खोला नजिक पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

सखुवनीमा फुटबल खेल खेल्न साथीसँगै आएका ईश्वरपुर नगरपालिका ४ सागरनाथका १७ वर्षीय निशान थापा मगरको नुहाउनका लागि खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न खनिएको खाल्डोमा जाँदा डुबेर मृत्यु भएको हो । खाल्डो गहिरो भएकाले मृतक किशोरको शव निकाल्न गोताखोर मगाउनु परेको छ ।

बर्दीवासस्थित बाहिनीबाट गोताखोर टोली भर्खरै घटनास्थलमा आइपुगेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनालले बताए ।

Comments
Loading...