एकीकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत गर्भबती, प्रस्तुती , सुत्केरी तथा नवजात शिशु सबन्धी जनचेतना मुलक सडक नाटक प्रदर्शनी

रबिन्द्र ठाकुर

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र समन्बयमा यस हरिपूर्वा ना.पा र पर्सा गा.पा. मा संचालित एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाबाट अन्तर्गत विभिन्न वडाहरुमा गर्भवती, प्रस्तुति सुत्केरी तथा नवजात शिशु सम्बन्धी र उनीहरुको घरपरिवारलाई लक्ष्ति गरि दलित बस्ती तथा विभिन्न चोकहरुमा रूपान्तरण सहजकर्ता द्वारा सडक नाटकको माध्यमले जनचेतना पुर्याउने कार्य भइरहेको राष्ट्रिय रोजगार पर्वद्धन केन्द्र (RRPK) संस्थाका फिल्ड अधिकृत राजेश साहले जानकारी गराएको छ ।
सोमबार सडक नाटकको कलाकारहरुले वाल बिबाह बाट हुने समस्याहरु, र्गभवती महिलालाई गरिने व्यवहार, पौष्टिक अहार, बालबालिका पोषण, सरसफाई,खोपको बारेमा र स्वास्थ्य सस्ंथामा हुने प्रसुतीको फाइदा तथा परिवार नियोजन चेतनामुलक संदेशहरु प्रस्तुत गरेका छन् ।सडक नाटक हेर्न सामुदायीका बुद्धिजीवी, गर्भवती, सुत्केरी महिलाहरु दाजु ,दिदीहरु साथै बालबालिकाहरु सहित सयौं दर्शकको उपस्थिती रहेको थियो ।

Comments
Loading...