Warning: session_start(): open(/tmp/sess_nero1hu5ba70proa43j6535iu3, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
काठमाडौ जादै गरेको बस सुरही खोलामा दुर्घटना ,१० जनाको मृत्यु – lokpriyaawaj

काठमाडौ जादै गरेको बस सुरही खोलामा दुर्घटना ,१० जनाको मृत्यु

कान्तिपुर

कपिलवस्तु — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा १० यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् ।

१० जना मध्ये एक जना रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको डीएसपी हरिबहादुर वलीले बताए । महेन्द्रनगरबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

९ मृतकको नाम अझै खुलेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_nero1hu5ba70proa43j6535iu3, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0