Warning: session_start(): open(/tmp/sess_2875lih4c17metfmh77irv08q0, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
केश्वर गरिब मावि हरिपूर्वामा सर्वसम्मत चुनिए ४ जना व्यवस्थापन समिति सदस्य – lokpriyaawaj

केश्वर गरिब मावि हरिपूर्वामा सर्वसम्मत चुनिए ४ जना व्यवस्थापन समिति सदस्य

मुकेश झा

हरिपूर्वा, १५ भदौ – सर्लाहीको हरिपूर्वा नगरपालिका ५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयमा ४ जना व्यवस्थापन समिति सदस्य चुनिएका छन् ।

हिजो सम्पन्न अभिभावक भेलाबाट २ जना पुरुष र २ जना महिला सदस्य सर्वसम्मत रुपमा चयन गरिएको हरिपूर्वा नगरपालिकाको शिक्षा शाखाका प्रमुख जनक काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार व्यवस्थापन समितिको सदस्यमा रुपनारायण राय, विनोदकुमार यादव, ममता देवी यादव र रन्जिता कुमारी यादव छन् । उनीहरु चारै जना विद्यालयकै अभिभावक हुन् ।

अब उहाँहरुको बैठक बसेर जग्गादाता, शिक्षाप्रेमि, वडाका प्रतिनिधि, शिक्षक प्रतिनिधि समेतलाई समेटेर व्यवस्थापन समिति पूर्ण बनाई त्यसैमध्येबाट एक जनालाई अध्यक्ष बनाइने छ । विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति नहुँदा विभिन्न महत्वपूर्ण निर्णयहरु रोक्किरहेको अवस्थामा हिजो बल्ल अभिभावक भेलाले सर्वसम्मत व्यवस्थापन समिति चयन गर्न सफल भएको हो ।

राजनीतिक भागबण्डा मिलाउनै नसक्दा सरकारी विद्यालयहरुमा व्यवस्थापन समिति चयन गर्न असाध्य समस्या पर्ने गरेको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_2875lih4c17metfmh77irv08q0, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0