कोरोना संक्रमणबाट सर्लाही हरिपूर्वा नगरपालिका – ९ को एक ४५ बर्षिय पुरुषको को मृत्यु

सर्लाही , साउन २३ गते ।

कोरोना संक्रमणबाट सर्लाहीमा थप एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सर्लाही हरिपूर्वा नगरपालिका -९ बस्ने एक ४५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालय अन्र्तगत हुने मिडीया ब्रिफिङ मा जानकारी गराइएको छ । योसँगै सर्लाहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । आज पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएपछि सर्लाहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।साउन १९ गते अस्पताल भर्ना भएको ४५ वर्षीय पुरुषको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।मृत्यु भएको ती पुरुषलाई ४ र ५ महिनाअघि कुकुरले समेत टोकेको थियो र उहालाई रेबिजको उपचारको लागी प्रादेशिक अस्पतालमा भर्ना गराइको थियो र केहि दिन यता स्वास्थ्य बिग्रीदै जादा ललितपूर स्थित पाटन अस्पतालमा भर्ना गराइएको थियो ।

हरिपूर्वा नगरपालिका बाट पहिलो कारोना संक्रमण भएर मृत्यु भएपछि मृतकको घरपरिवार तथा सम्परकमा आएको व्यक्तीहरु लाई खोज तलास गरि आइसोलेट गर्ने तयारी भइरहेको नगर प्रमुख सियाराम रायले बताउनुभएको छन ।

त्यस्तै साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा ३ साबिक वडा नं। ६ की ६५ वर्षीया महिलाको बुधबार काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको थियो। साउन १६ गते अस्पतालमा भर्ना भएकी ती महिलाको निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो।

Comments
Loading...