Warning: session_start(): open(/tmp/sess_tbs939cla7cvbjp52u4k0kia03, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
छैंठौ मुक्तेश्वर महोत्सव रक्षामन्त्री हरि प्रसाद उप्रेतीद्वारा उद्घाटन – lokpriyaawaj

छैंठौ मुक्तेश्वर महोत्सव रक्षामन्त्री हरि प्रसाद उप्रेतीद्वारा उद्घाटन

लोकप्रीय समाचारदाता

माघ ११  बरहथवा । सर्लाहीको बरहथवामा जारी छैंठौ मुक्तेश्वर महोत्सवको आज बुधबार रक्षामन्त्री हरि प्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको छ। महोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री उप्रेतीले वर्तमान सरकार स्थानीय कला संस्कृतिको संरक्षण तथा संरक्षणमा लागि पर्ने बताउँदै जिल्लाकै ऐतिहासिक मुक्तेश्वर धाम बाबा मन्दिर संरक्षण र दिगो विकासमा आफुले अभिभावकिय भूमिका निर्वाह गर्ने बताउनुभयो । रक्षामन्त्री उप्रेतीले फरक प्रसङमा निजगढ काठमाडौ द्रुत मार्गको काम समयमा नै सम्पन्न गर्न सरकार लागि परेको बताउदै केही प्रविधिक समस्याले काम ढिलो भएकाले त्यसको समाधान गरि समयमा नै काम सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको बताउनुभयो । संघीय राजधानीसग जोडने फास्टट्रयाक अन्तर्गतको मुडेबाट सर्लाहीको बागमतीसम्मको दुरी १४ किलोमिटर मात्र रहेकाले बैकल्पिक सडक निर्माणको लागि अध्यन गर्न सरकार चाँडै लागिपर्ने आश्वासन दिनुभयो । मुर्तियमा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्य सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सव तीन दिनसम्म लाग्ने र महोत्सवमा स्थानीय कला संस्कृति झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरिने आयोजक समिति सदस्य बरहथवा नगरपालिका -९ का वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो । कार्यक्रम बरहथवा नगरपालिका नगरप्रमुख कल्पना कटुवाल ,उपप्रमुख रामबाबु साहले ऐतिहासिक मुक्तेश्वर बाबा धामको प्रचारप्रसार टेवा पुर्‍याउन नगरले सबैसग सहयोग गर्न आग्रह गर्नुभएको छ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_tbs939cla7cvbjp52u4k0kia03, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0