पुस २७ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा हरिपुर्वा नगरपालिकाकि उपमेयर सुमित्रा देवी ग्वारीणको प्रमुख आतिथ्यतामा आज वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हरिपुर्वा नगरपालिका वडा नं २, त्रिवेणी चौकमा रहेको जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आय व्य्य संस्थाका प्रबन्धक मुकेश झाले प्रस्तुत गरेका थिए ।
जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ मा ८८ लाख ४३ हजार ६ सय ५० रुपैया १५ पैसा ब्याज प्राप्त गरेको छ भने १३ लाख ९४ हजार ३ सय ४८ रुपैया ३४ पैसा विविध स्रोत बाट आम्दानी भएको छ ।
जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल आम्दानी १ करोड २ लाख ३७ हजार ९ सय ९८ रुपैयाँ ५० पैसा रहेको छ ।
जसमध्ये ९७ लाख ३८ हजार १ सय ७ रुपैयाँ ९४ पैसा कुल खर्च रहेको छ । जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयकर पछिको नाफा ४ लाख ४९ हजार ९ सय १ रुपैयाँ ५० पैसा रहेको तथा कुल सम्पत्ति १२ करोड १२ लाख ५८ हजार १ सय ८० रुपैयाँ ३५ पैसा भएको संस्थाका प्रबन्धक झाले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि हरिपुर्वा नगरपालिकाकि उपमेयर ग्वारीण र जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्क्षय गणेश यादवले उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारीलाई सम्मान समेत गरेको छ ।