जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट टुनामेन्टको उदघाटन नगर प्रमुख सियाराम रायद्वारा सम्पन्न

रबिन्द्र ठाकूर कार्तिक ०८ २०७७

हरिपूर्वा नगरपालिका को सहयोग तथा हरिपूर्वा युवा सामुदायिक क्लबको आयोजनामा जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट टुनामेन्टको उदघाटन नगर प्रमुख सियाराम रायद्वारा सम्पन्न कार्तिक ३ गते सोमबार एक कार्यक्रम बिच हरिपूर्वा नगरपालिकाको प्रमुख सियाराम रायले उद्धाटन गनुृभएको छ ।

एक महिना सम्म चल्ने यस क्रिकेट टुनामेन्टमा महोत्तरी र सर्लाहीको ३० वटा टिम सहभागी भएको क्लबको अध्यक्ष खगेन्द्र यादबले बताए । बिगत केही बर्ष देखि लगातार हरिपूर्वा युवा सामुदायिक क्लबले नकआउट जिल्ला स्तरिय टुनामेन्ट संचालन गरिदै आइरहेको नगर प्रमुख सियाराम रायले बताउनुभयो । युवाहरुलाई खेल प्रति आकर्षीत गर्न यस्ता खेलहरु जिल्ला स्तरिय हुदा नगरपालिकाको नाम समेत चल्ने भएकोले प्रत्येक बर्ष नगरपालिकाले क्रिकेट टुनामेन्टमा सहयोग गरिदै आइरहेको छन ।

सोमबार देखि शूरुभएको क्रिकेट टुनामेन्टमा शनिबारको अन्तिम खेल सम्म २२ वटा टिमले खेल खेलि सकेको छन र उक्त खेलमा ११ वटा टिम खेलबाट बाहिरिसकेको अध्यक्ष खगेन्द्र यादबले बताउनुभयो । शनिबार भएको खेलमा सर्लाहीको सग्राम्पुर ए टिम तथा महोत्तरीको भरतपूर वटौवा टिम विच भएको प्रतिस्पर्धामा सग्राम्पूर ए टिमले १५.३ ओभरमै जित हासिल गरेको छन । २० ओभरको खेलमा भरतपूर वटौवा टिमले १ सय ६४ रनको टार्जेट राखेको थियो । शनिबार भएको खेलमा २४ रन र ३ बिकेट लिएको सग्राम्प्रर ए टिमको खेलाडी राजिब कुमार यादबलाई म्यान अफ द म्याच घोषणा गरिएको छन ।

जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट टुनामेन्टको फाइनल जित्ने टिमलाई २५ हजार रुपैया तथा सिल्ड मेडल प्रदान गरिने छ भने दोस्रो स्थान ल्याउने टिमलाई रु १५ हजार तथा शिल्ड मेडल प्रदान गरिने आयोजक हरिपूर्वा युवा सामुदायिक क्लबले जनाएको छन ।

Comments
Loading...