Warning: session_start(): open(/tmp/sess_pjgkvqrpr6e8abt45bu31qtae5, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु स्थानीय द्वारा चक्काजाम – lokpriyaawaj

टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु स्थानीय द्वारा चक्काजाम

लोकप्रिय समाचारदाता

हरिपूर्वा, २१ साउन – सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक हरिपूर्वा नगरपालिका–९, कै २१ वर्षीय अशोक यादवको मृत्यु भएको हो । दुर्घटनाको विषयलाई लिएर स्थानीय वासिन्दाले आज बिहान बाँके–सङ्ग्रामपुर सडक खण्ड अन्तर्गत मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले टायरगाढा सवारी साधन अन्तर्गत नपर्ने र त्यसका चालकसँग लाइसेन्स हुने व्यवस्था पनि नरहेकाले पक्राउ नगरिएको बताए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_pjgkvqrpr6e8abt45bu31qtae5, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0