Warning: session_start(): open(/tmp/sess_gfviva1g1r9kf8f8fjjd380eg0, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
ट्रकमा ११ हजारको लाइन प्रवाह भएर १ को मृत्यु, २ घाइते – lokpriyaawaj

ट्रकमा ११ हजारको लाइन प्रवाह भएर १ को मृत्यु, २ घाइते

लोकप्रिय आवाज

नवलपुर, ०१ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा आज बिहान करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।

दुई जना घाइते भएका छन् । रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योग नवलपुरमा धानको भुस लिन आएको ना. ६ ख ७५५० नम्वरको ट्रकलाई उद्योगभित्र लैजाने बेला ११ हजार भोल्टको तार पन्छाउनेक्रममा ट्रकमा सवार मजदुरलाई करेन्ट लागेको हो ।

ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको बृन्दाबन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । ट्रकका सहचालक रहेका पासवानलाई उपचारका लागि तत्कालै नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इन्स्पेक्टर जोहारीले बताएका छन् ।

पासवानले ११ हजार भोल्टको तार छुन पुग्दा ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर बृन्दाबन नगरपालिका–७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका छन् । घाइते पासवान द्वयको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको लालबन्दी प्रहरीका प्रमुख जोहारीले बताए ।

ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका–३०, का ३९ वर्षीय शेख लाल महम्मद भने सकुसल रहनुभएको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_gfviva1g1r9kf8f8fjjd380eg0, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0