सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखामा बिहीबार मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको हो । बिहीबार दिउँसो दुर्घटनामा गम्भीर घाइते हुनुभएका रामको उपचारका क्रममा साँझ एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर नालामा गएर खसेको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि बारामै राखिएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय भक्तिपुरको नियन्त्रणमा रहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments