धनकौलमा आगलागी, एकैछिनमा जल्यो ७ मण्डल परिवारको घर

मुकेश झा

बरहथवा, १८ बैशाख – जिल्लाको दक्षिण पश्चिम ग्रामीण भेगस्थित धनकौल गाउँपालिका–२, मा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् ।

स्थानीय सुरेश मण्डलको घरमा विद्युत् सर्ट भइ सुरु भएको आगलागीले उनीसहित गणेश मण्डल, शिवचन्द्र मण्डल, शंकर मण्डल, रामप्रवेश मण्डल, रामपृत मण्डल र शिवजी मण्डलको घर जलेर नष्ट भएको बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए ।

तीव्र गतिमा हावा चलेका बेला भएको आगलागीले फुसको छानो भएका घर एकैछिनमा जलेर खरानी भएका प्रत्यक्षदर्शीले बताए ।

गाउँले र सुरक्षाकर्मी मिलेर आगलागी निभाएका छन् । रौतहटको गौरबाट मगाइएको दमकल बाटोबाटै फर्किएर गएको छ ।

Comments
Loading...