नगर स्तरिय बाल भेला कार्यक्रम सम्पन्न

बिबेक कुमार यादब

जेठ ०४ हरिपुर्वा । बागमती सेवा समाज नेपालको प्राविधिक सहयोग तथा हरिपुर्वा नगरपालिकाको समन्वय एवं हरिपुर्वा नगर स्तरिय बाल संजालको आयोजनामा संचालित दुईदिने कार्यक्रम आज सम्पन्न भएको छ।

 

बालबालिकालाई लक्षित गरि संचालन गरिएको उक्त कार्यक्रमको मुल उद्देश्य नगर स्तरिय बाल भेलामा आर्थिक वर्ष ०८१/८२ को लागी बालबालिकाहरुले आफ्नो योजनाहरु तयार गरि प्रस्तुतिकरण गर्दै नगर प्रमुखलाई बुझाउनु हो।

उक्त नगर स्तरिय बाल भेलामा बाल संजालका पदाधिकारीहरु सहित हरिपुर्वा नगरपालिकाका प्रत्येक वडाका बाल क्लबको पदाधिकारी हरुलाई सहभागी गराई योजना तयार पार्ने कार्यक्रम गरिएको थियो जसमा हरिपुर्वा नगरपालिका वडा न.१ बाट सलहेश बाल क्लब वडा न.२ बाट त्रीवेनी बाल क्लब वडा न. ३ बाट बाबा धर्मनाथ बाल क्लब वडा न.४ बाट सुरक्षा बाल क्लब र लालीगुराँस बाल क्लब वडा न.५ बाट समुदाय बाल क्लब वडा न.६ बाट जय मा कालिका बाल क्लब वडा न.७ बाट बालबालिका सहयोग बल क्लब वडा न.८ बाट नव जिवन बाल क्लब र वडा न.९ बाट बसन्त बाल क्लब सहयोगी बाल क्लब सगरमाथा बाल क्लबहरुको उपस्तिथिमा उक्त हरिपुर्वा नगर स्तरिय बाल भेला कार्यक्रम सम्पन्न भएको थियो जसमा कार्यक्रम संचालकको रुपमा बागमती सेवा समाज नेपालका फिल्ड मोबिलाईजर मुकेश कुमार साह रहेको थियो।

Comments
Loading...