नगर स्तरिय शिक्षा सुधारको लागी युवाहरुको सक्रियता

हरिपूर्वा । स्थानिय तह निर्माण भए सगैं हरिपूर्वा नगरपालिकाको शिक्षा क्षेत्र दिनानुदिन कमजोर हुदै. गइरहेको वेला हरिपूर्वा नगरपालिकाको सक्रृय युवाहरु शिक्षा क्षेत्र सुधारको लागी अगाडी आएका छन् ।

हरिपूर्वा नगरपालिकाको ९ वडामा १६ वटा बिद्यालय रहेको छन जसमा अहिले ५ हजार भन्दा बालबालिका अध्यनरत रहेको छन । नगरपालिका भित्रमा भौतिक सुबिधा सम्पन्न भएको बिद्यालय भएपनि शिक्षा भने कम गुणस्तरको रुपमा चलिरहेको कारण बालबालिका को भबिष्य अन्धकारमा गइरहेको वेला स्थानीय युवाहरु सुबोध राय, जितेन्द्र राय, बिरेन्द्र अधिकारी लगायत यान अध्यक्ष तथा सर्लाही युवा संजालको प्रवक्ता राहुलराज यादवको विशेष सक्रियतामा शिक्षा क्षेत्र सुधार्न युवाहरु अगाडि आएका छन।
शनिबार नगरपालिका स्थित कालिका माइस्थानको प्राङ्गणमा बसेको बैठकबाट उनिहरुले शिक्षा क्षेत्र सुधार गर्न अग्रसर भएका हुन। यसै क्रममा उनिहरु आईतबार नगरपालिका गएर नगरपालिकाका मेयर सियाराम राय समक्ष शिक्षा सुधारको लागि ज्ञापन पत्र बुझाउदै बैठक गर्न माँग गरेका छन।

बिगतमा युवाहरु विद्यालय जाँदा प्रधानध्यापकले नगरपालिकामा र नगरपालिका जाँदा विद्यालयमा पठाउदै उनिहरु छल्दै आएका थिए। तर, यसपालि युवाहरूले विद्यालय, नगरपालिका ,शिक्षा समन्वय समिति र नगरपालिकाको स्थानियहरुको बिचमा बैठक बस्न माँग गरेका हुन् ।

यता, मेयरले समय मिलाएर खबर गर्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comments
Loading...