नवलपुर चोकमा बस र ट्रक ठोक्कियो, घाइतेहरुको उपचार चल्दै

लोकप्रिय समाचारदाता

नवलपुर, ०७ चैत पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ ।

दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । तर, घाइतेको एक्किन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबोल केसीले घाइतेहरु विभिन्न अस्पतालमा उपचारका लागि पुगेकाले संख्या एक्किन हुन बाँकी रहेको बताए । “अस्पतालहरुमा प्रहरी पुगेर घाइतेको विवरण लिइरहेकाले संख्या खुल्न बाँकी नै छ,” इन्स्पेक्टर केसीले भने “ट्रकका चालकबाहेक अन्य घाइतेको अवस्था सामान्य नै छ ।”

प्रनि केसीका अनुसार ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने टंकबहादुर गोलेको अवस्था गम्भीर छ । गोलेलाई एलएस न्यूरो अस्पताल कलैया रेफर गरिएको इन्स्पेक्टर केसीले बताए ।

उनले सुरुमा घाइतेहरुको उद्धार गरिएको र अहिले सबैतिर पुगेर विवरण लिने काम भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार आज साँझ साँढे ५ बजेतिर नवलपुरस्थित चोकमा पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र जनकपुरबाट वीरगन्जका लागि छुटेको बा ४ ख ३२४ नम्वरको बस आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा ट्रक र बस दुवैको अगाडिपट्टीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्भार – उज्यालो अभियान

Comments
Loading...