Warning: session_start(): open(/tmp/sess_tu9olmk1chcnpidht5g532sd97, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
उच्च शिक्षा हासिल गर्न काठमाडौ हिडेको वसन्त नागढुङामा अस्ताए – lokpriyaawaj

उच्च शिक्षा हासिल गर्न काठमाडौ हिडेको वसन्त नागढुङामा अस्ताए

लोकप्रिय समाचारदाता

असोज १६ हरिपुर्वा । असोज १२ गते अविरल बर्षाको कारण नागढुंगा झ्यापले खोलामा गएको पहिरोमा हरिपुर्वा नगरपालिका वडा नम्बर -१ बस्ने भरत साहको छोरा अन्दाजी बर्ष १६ को वसन्त साहको पनि मृत्यु भएको छ । चितवनको भरतपुर बाट SEE को शर्टिफिकेट लिएर काठमाडौ जाँदै गरेको बेला नागढुंगाको झ्यापले खोलाको पहिरोमा पुरिएको हाइसमा साह सबार रहेको थियो ।
किराना पसल चलाएर भरत साहले छोरा छोरिलाइ उच्च शिक्षा तथा राम्रो शिक्षाको लागि सानै देखि बाहिरकै स्कुलमा पढाउदै आएको छ ।

काठमाडौ बस्दै गरेको छोरा बिहिवार चितवन शर्टिफिकेट लिन चितवन पुगेको थियो । बिहिवार बिहान पुगेको साहको काम शुक्रबार सप्पन्न भएपछि  साझ हाइसले पुनः काठमाडौ फर्कदै गरेको बेला राती १ बजे पछि सम्पर्क बिहिन भएको थियो । आइतबार सम्म सम्पर्कमा न आएपछि घरबाट बुवा भरत साह काठमाडौ पुगेर खोजतलास गर्दा छोरा मृत्यु अवस्थामा टिचिङ हस्पिटलमा फेला परेको थियो ।
SEE परीक्षा सकाएर ६ महिना अघि हरिपुर्वाबाट सिभिल इन्जियरिङ पढन काठमाडौ पुगेको वसन्त कहिले न फर्किने गरि अस्ताएको छ । कलिलो उमेरमै पहिरोमा मृत्यु भएपछी सिङ्गो हरिपुर्वा नपा नै शोकमा डुबेको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_tu9olmk1chcnpidht5g532sd97, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0