Warning: session_start(): open(/tmp/sess_j9dfv16n46d4q3ccpc9e849dr5, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
नापि शाखाका कर्मचारी चढेको सबारी दुर्घटनामा एक जनाको मृत्यु तिनको अवस्था गम्भिर – lokpriyaawaj

नापि शाखाका कर्मचारी चढेको सबारी दुर्घटनामा एक जनाको मृत्यु तिनको अवस्था गम्भिर

लोकप्रिय समाचारदाता

माघ २३ सर्लाही । सर्लाहीको मलंगवा नवलपुर सडकखण्ड अन्तर्गत गम्हरिया पेट्रोलपम्प नजिक सोमबार राती ८ बजेको समयमा भएको सबारी दुर्घटनामा मलंगवा नापी शाखा प्रमुख संजय मानन्धर सहित ११ जना घाइते भएको छ ।
गम्भीर घाइते मध्ये नापी शाखा कार्यालयमा कार्यरत ४५ बर्षिय कार्यालय सहयोगि बिनोद घिमिरेको उपचारका क्रममा बारा कलैया स्थित रहेको एलेक्स न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको  छ ।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ३५ वर्षीय रामलाल साहको अवस्था गम्भीर छ ।

त्यस्तै दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–२, का २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका–२, का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका–७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका–७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएका छन् । घाइते सबैको उपचार बारा कलैयाको एलेक्स न्युरो अस्पतालमा उपचार भैरहेको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_j9dfv16n46d4q3ccpc9e849dr5, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0