नामको निषेधाज्ञा मात्र, कोरोना नियण्त्रणमा स्थानिय सरकारको चरम लापारबाही

रबिन्द्र ठाकुर ११ भदौ २०७७

बिगत ६ महिना देखि बिश्व सहित नेपाल पनि कारोनाको मारमा परेको बेला नेपाल सरकार तथा बिभिन्न प्रदेशहरुले आ आफ्नो हिसाबले कारोना नियण्त्रणको लागी निषेधाज्ञा गरेपनि अहिले सम्म हरिपूर्वा नगरपालिका को आम नागरिक तथा स्थानिय सरकार सम्बेदनशिल भएको छैन ।

बुधबार नगरपालिकाको केहि कर्मचारी कोरोना पोजेटिभ भएपछि एक सप्ताहको लागी अति आबश्यक स्वास्थ्य शाखा बाहेक नगरपालिकाको सम्पूर्ण सेबा मात्र बन्द गरिएको सुचना नगरपालिकाले प्रकाशित गरेको प्रशासकिय अधिकृत कुमार परियार ले बताउनुभएको छन । भने नगरपालिका भित्रको बजार व्यबसाय बैंक बितिय संस्थाको बिषयमा जिल्लाको निर्णय अनुसार नै रहने नगर प्रमुख सियाराम रायले बताउनु भएको छ ।

भदौ १० गते मात्रै १ सय २५ जनाको पिसिआर टेस्ट बाट ८ जना पोजेटिभ आएको छन भने कारोना संक्रमण बाट हरिपूर्वा नगरपालिका ९ को ४५ बर्षिय पुरुषले ज्यान समेत गुमाइ सकेको छन । हरिपूर्वा मा मात्रै ५० जना भन्दा बढि कारोना बाट संक्रमित भै सकेको अबस्था छ । हरिपूर्वा नगरपालिका को वडा नम्बर ७,८,९ बसंतपूरमा केहि दिन देखि युवाहरुको सक्रियतामा बजार पसल तथा ब्यबसायहरु बन्द गराएर निषेधाज्ञा गरे पनि वडा नम्बर १,२,३,४,५,६ मा त्यसको कुनै प्रभाव परेको छैन । बिहानै देखि हरिपूर्वा नगरपालिका २ स्थित रहेको त्रिबेणी चौक, वडा ५ स्थित रहेको पुरानो बजार तथा नया बजार, सहितको ठाउहरुमा भिडभाड रहेपनि स्थानिय सरकार बेमतलब रहेको जय गंगा बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी रामनाथ रायले बताए ।

Comments
Loading...