Warning: session_start(): open(/tmp/sess_og7idctvuaig77vdbpedmtrlm7, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
पर्सा गाउँ पालिकामा परियोजना सल्लाहकार समितिको बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न – lokpriyaawaj

पर्सा गाउँ पालिकामा परियोजना सल्लाहकार समितिको बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न

लोकप्रिय समाचारदाता

सर्लाही, कार्तिक ५। वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपाल तथा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र सर्लाहीद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशीप साथै पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाहरुको पर्सा गाउँ पालिकामा आर्थिक आर्थिक वर्ष २०२५ परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानीय परियोजना सल्लाहकार समितिबाट परियोजनाहरु कार्यान्वयन गर्नका लागि पृष्ठ पोषण सल्लाह सुझाव समेत प्रदान गर्नु भएको हो ।
पर्सा गाउँ सञ्जालका उपाध्यक्ष रामेश्वर साह भन्छन् ,“हाम्रा गाउँमा साना–साना बालबालिकाहरु सुर्तिजन्य पदार्थ, रक्सी तथा गाँजा खाईरहका छन् । पालिकालाई मेरो अनुरोध, कानून बनाई १८ वर्ष मुनिका बालबालिकाहरुलाई कुनै पनि पसलले धुम्रपान, मद्यपान बेच्न नपाउने नियम लगाउन पर्यो । यदि कुनै पसलेले बालबालिकाहरुलाई बेच्छ भने, पालिकाबाट त्यस्ता पसलेलाई कारर्वाही गर्नु पर्यो ।”
पर्सा गा.पा.–३, बोधिमाई बाल क्लबका अध्यक्ष अम्बिका मुखिया भन्छिन् ,“ हाम्रो उमेर बढ्दो छ, हामी किशोरकिशोरीबाट युवाअवस्थामा जाने प्रक्रियामा छौं तसर्थ हाम्रो वडाले युवा क्लब पनि गठन गरिदियो भने युवाहरु संगठित हुन पाउथ्यो।”अध्यक्ष मुखिया थप्छिन् “हाम्रा वडामा पसलेले पैसा कम दिन सकिन्छ भनेर साना साना भाइहरुलाई रक्सीको कार्टुन गाडीबाट उतार्न लगाउँछ, हाम्रा वडा अध्यक्षले निगरानी गरेको पसलेलाई सम्झाई बुझानु पर्यो ।”
वडामा बालबालिकाहरु लागु औषध, बालविवाह, बाल श्रम नहोस् भन्ने कुरामा सचेत रहेको पर्सा –३ का वडा अध्यक्ष रघुनाथ साहले बताए ।
बालबालिकाहरुको माध्यमबाट पर्सा गाउँपालिका विभिन्न संघसंस्था तथा दातृनिकाय तथ स्पोन्सरहरुसँग सम्बन्ध स्थापित गर्न चर्चित छ । हाम्रा बालबालिकाहरुको पनि विभिन्न देशका स्पोन्सरहरुसँग सम्बन्ध स्थापित भएको छ त्यो ठुलोकुरा हो । बालबालिकाहरुको पनि स्वयम्मा क्षमता अभिवृद्धि भैरहेको छ । पहिला हाम्रो पालामा ८–१० जनाको अगाडी बोल्ने निकै कम हुन्थ्यो अहिलो हाम्रा बालबालिकाहरु सयौंको अगाडी जुन सुकै फोरममा आफ्ना कुराहरु निर्धक्क राख्न सक्ने नभई विभिन्न कार्यक्रमहरु पनि उहाँहरुनै सञ्चालन गर्न सक्ने भएका छन् । उहाँहरु समाज तथा वातावरण प्रति निकै सजग छन् यो हाम्रो पालिकाको लागि निकै उत्साहजनक कुरा रहेको पर्सा गाउँ पालिकाका वन शाखा प्रमुख राजेन्द्र यादवले बताए ।
धिरेन्द्र राय यादव, पर्सा गाउँ पालिका अध्यक्ष भन्नु हुन्छ,“बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका कार्यक्रमहरु हाम्रा बालबालिका तथा समाज विकासका लागि निकै राम्रो छ । सकारात्मक उद्देश्य राखेर भोलीका दिनमा कसरी पर्सा गाउँपालिकाको समग्र विकास हुन्छ खास गरी बालबालिका जो अति विपन्न, जोखिममा छन् उहाँहरुको लागि लगानी गर्नु भएको छ त्यो निकै सह्रानीय छ । पर्सा गाउँपालिका सानो छ, बजेट पनि सानो छ तसर्थ दुवै संस्थाहरुलाई यस पालिकामा धेरै भन्दा धेरै लगानी गरिदिनु हुनको लागि अनुरोध गर्दछु । साथै प्राविधिक तथा साझेदारी गर्न संस्थाहरुसँग पर्सा गाउँ पालिका सँधैव तयार छ ।” आर्थिक वर्ष २०२५ मा पर्सा गाउँपालिकाको वडा नम्बर ३ लाई बाल मैत्री वडा घोषण गर्न प्रतिबद्धता समेत अध्यक्ष यादव जाहेर गर्नु भयो ।
पर्सा गाउँपालिकाका पालिका प्रमुख धिरेन्द्र राय यादव ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, विषयगत शाखा प्रमुखहरु, वडा सदस्यहरु तथा बाल सञ्जालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । वल्र्ड भिजनका जिल्ला संयोजक सीता चौधरीले कार्यक्रमको स्वागत तथा उद्देश्या प्रकाश पार्नु भएको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका मिल अधिकृत झुमा पाँचकोटीले सञ्चालन गरेका थिए भने कार्यक्रमको सहजिकरण राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका कार्यक्रम व्यवस्थापक राम यादव र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले गरेका थिए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_og7idctvuaig77vdbpedmtrlm7, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0