पर्सा गाउपालिकाको UPG सदस्यलाई प्रमाणपत्रले सम्मानित

रबिन्द्र ठाकुर

भदौ २९ पर्सा । वर्लड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र तथा पर्सा गाउपालिकाको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना ग्एन् UPG model अन्तर्गत पर्सा गाउपालिकाको वडा नम्बर २ र ५ को UPG Graduation Criteria मा परेको ७५ जाना UPG सदस्यलाई आज एक कार्यक्रमका बिच प्रमाणपत्रका साथ सम्मान गरिएको छ ।


यो कार्यक्रम २०२० देखी हाल सम्म पर्सा गाउपालिका भित्र रहेको विभिन्न वडाहरुमा करिब ३ सय १३ अति विपन्न घर परिवारलाई व्यपार व्यवसायमा सहयोग गरेको छ । त्यस्तै करिब २ सय ७३ घर परिवारलाई कृषि क्षेत्रमा सहयोग हुने उद्देश्यले कृषि यन्त्र सहित विभिन्न समाग्रीहरु सहयोग गरिएको राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका फिल्ड अफिसर उमेश नन्दन चौधरीले जानकारी गराए ।


पर्सा गाउपालिकाको वडा नम्बर २ सग्राम्पुरमा सम्पन्न सम्मान कार्यक्रमको अध्यक्षता पर्सा गाउपालिकाको अध्यक्ष धिरेन्द राय्र यादव विस्पतले गर्नुभएको थियो । कार्यक्रमको मुख्य आतिथीको रुपमा राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साह रहनुभएको थियो । सम्मान कर्यक्रममा पर्सा गाउपालिकाको वडा नम्बर १ देखी वडा नम्बर ६ सम्मको वडाध्यक्षको उपस्थिती रहेको समाजिक परिचालक सुनिल कुमार महतोले जानकारी गराउनुभयो ।

Comments
Loading...