Warning: session_start(): open(/tmp/sess_2401a9i8n9mmeg5767d0dpoou6, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
पर्सा गाउपालिका र हरिपूर्वा नगरपालिकाको शिक्षकहरुको लागी अधारभुत मनोसमाजिक स्याहार तालिम सम्पन्न – lokpriyaawaj

पर्सा गाउपालिका र हरिपूर्वा नगरपालिकाको शिक्षकहरुको लागी अधारभुत मनोसमाजिक स्याहार तालिम सम्पन्न

रबिन्द्र ठाकुर

जेष्ठ १० सर्लाही । वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारी, बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयको शिक्षकहरुका लागि ३ दिने आवासीय मनोसामाजिक स्याहार तथा सहयोग तालिम मगंलबार सम्पन्न भएको छ ।


३ दिने तालिममा सहभागी शिक्षकहरुलाई मानसिक स्वास्थ्यको बारेमा जानकारी मनोसामाजिक समस्याका लक्षण, कारण, असर र व्यवस्थापनका बारेमा जानकरी प्रशिक्षकले गराउनुभएको राम जानकी विद्यालयको प्र.अ चन्देव रायले वताए ।


स्थानीयस्तरमा तनाव, पीरलाई व्यवस्थापन गर्न सक्ने र जटिल केसहरु उदासिनता,आत्महत्याको सोच आउने, आत्महानी गरेका घटनाहरुलाई मनोविमर्शकर्ता, मनोविद, तथा मनोचिकत्सकलाई प्रेषण सिफारिस गर्न पनि सक्ने साथै जसले गर्दा शिक्षक स्वयम्लाई मात्र फाईदा नभई उहाँको घरपरिवारका सदस्यहरुको पनि चिन्ता, तनाव व्यवस्थापन गर्न सक्ने, विद्यालयमा विद्यार्थीहरुको मुख्य समस्या के रहेछ भनी बुझी भावनात्मक सहयोग प्रदान गर्दै विद्यार्थीहरुको मनोसामाजिक स्वास्थ्यमा सहयोग हुँदै अन्तत्वगत्ता यसले विद्यार्थीहरुको सिकाई उपलब्धिमा समेत फाईदा पुग्ने उद्देश्यको साथ तालिम सम्पन्न भएको वागमती सेवा समाजको संयोजक प्रमेश वादेले जानकारी गराएको छन ।

समाज परिर्वतनको लागी अधारभुत मनोसमाजिक स्याहार तथा सहयोग तालिम आवश्यक रहेको हरिपूर्वा नगरपालिकाको शिक्षा प्रमुख जनक काफले ले बताए । काफलेका अनुसार अगामी बर्षमा यस्ता किसिम को तालिम हरिपूर्वा नगरपालिकाको बजेटमा नै राख्ने बताए ।

३ दिने अधारभुत मनोसमाजिक स्याहार तालिम समापनको अध्यक्षता हरिपूर्वा नगरपालिकाको नगर प्रमुख विनोद कुमार साहले गर्नुभयो । समापन कार्यक्रमको आतिथिीको रुपमा प्रशासकिय अधिकृत कुमार परियार,शिक्षा शाखा प्रमुख जनक काफले,पत्रकार सहितको उपस्थिती रहेको थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_2401a9i8n9mmeg5767d0dpoou6, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0