पाउने भयो हरिपुर्वा नगरपालिकाको ज्येष्ठनागरिकले समाजिक सुरक्षा भत्ता

बिबेक कुमार यादब

फागुन ३० हरिपुर्वा ।  नगरपालिकाको चालू आ ब २०८०/०८१ को शुरुआत देखि नै जनप्रतिनिधिहरु बीच आन्तरिक बिबादको कारण समयमा नगरसभा हुन नसक्दा ६ हजार ८ सय ज्येष्ठ नागरिक,एकल, अपांग सहितको लक्षित बर्ग समाजिक सुरक्षाभत्ताको रकमबाट बन्चित भएको थियो ।

फागुन ७ गते हरिपुर्वा नगरपालिकाको नगर सभा बहुमतिय प्रणाली लागू गरेर सप्पन्न भएपछि करिब ८ महिना पछि हरिपुर्वा नगरपालिकाको ज्येष्ठ नागरिक लगायतका व्यक्तिहरुले पुस मसान्तसम्मको २ किस्ताको रकम पाउने भएको छ ।
फागुन ७ गते नगरसभा सप्पन्न भएपनी कोष लेखा नियन्त्रण कार्यालयमा पालिकाको खाता संचालनमा ढिलो भएपछि अलि समय लागेको प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादबले बताउनु भयो ।
समाजिक सुरक्षा भत्ता बितरणको लागि एन आइ सि एसिया बैंकको खातामा रकम जम्मा भैसकेको ले चैत १ गते देखि समाजिक सुरक्षा भत्ता बितरण गरिने प्रमुख यादवले बताउनु भयो ।
समाजिक सुरक्षा भत्ता संबंधित वडाबाट नै बितरण हुने भएकोले हरिपुर्वा नगरपालिकाको ज्येष्ठ नागरिक,एकल, बिधवा , अपांग सहित लक्षित बर्गलाइ आ आफ्नो वडामा पालो अनुसार सम्पर्क गर्न हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साहले आग्रह गर्नुभएको छ ।
कति गते कुन वडामा बितरण हुने 
चैत १ गते- हरिपुर्वा वडा नम्बर – १ वडा कार्यालय
चैत २ र ३ गते- हरिपुर्वा वडा नम्बर – ९ वडा कार्यालय
चैत ४ गते- हरिपुर्वा वडा नम्बर -२ वडा कार्यालय
चैत ५ गते – हरिपुर्वा वडा नम्बर -८ वडा कार्यालय
चैत ६ गते – हरिपुर्वा वडा नम्बर – ३ वडा कार्यालय
चैत ७ गते – हरिपुर्वा वडा नम्बर – ७ वडा कार्यालय
चैत ८ गते – हरिपुर्वा वडा नम्बर – ४ वडा कार्यालय
चैत ९ गते – हरिपुर्वा वडा नम्बर – ६ वडा कार्यालय
चैत १० गते – हरिपुर्वा वडा नम्बर – ५ वडा कार्यालय

Comments
Loading...