पोखरीमा नुहाउन गएका बालकको डुबेर ज्यान गयो

मुकेश झा

मलंगवा, ०८ भदौ – सर्लाहीको ब्रह्मपुरीमा आज बिहान पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

ब्रह्मपुरी गाउँपालिका–२, निवासी सन्जय साहका छोरा ६ वर्षीय अंकित साहको पोखरीको पानीमा डुबेर मृत्यु भएको हो । नुहाउन भनी घरबाट निस्किएका बालकको बिहान ९ बजेतिर घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीमा डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनास्थलको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

Comments
Loading...