प्रदेश २मा प्रादेशिक अस्पतालको १७ जना कोरोनाबाट संक्रमित

२०७७ साउन १९ जनकपुरधाम,

प्रदेश २ को प्रादेशिक अस्पतालको १७ जना कोरोनाबाट संक्रमित भएका छन् ।

तीन अगाडी आएको स्वाब संकलनको नतिजा र सोमबार आएको स्वाब संकलनको नतिजा गरी १७ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ ।तीन अगाडी ४ जना स्वास्थ्यकर्मी तथा सोमबार १३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा। जामुन सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आइसोलेसनमा उपचारार्थ छन् ।

यता जनकपुरधाम नगरको वडा नम्बर २ देखि वडा नम्बर २४सम्ममा मात्रै सोमबार २४ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Comments
Loading...