बन्ने भयो पर्सा गाउपालिकाको बाल प्रोफाइल

मुकेश झा

सर्लाही।  पर्सा गाउपालिकाको बालबालिकाको अवस्था तथा संख्या  विवरण संकलन गर्न वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बागमती सेवा समाज र पर्सा गाउपालिकाको समन्वयमा गाउस्तरिय बाल प्रोफाइल बन्ने भएको छ ।

पर्सा गाउपालिकाको बाल प्रोफाइल( पार्श्व चित्र )निर्माणको लागि ट्रीयो रिसर्च डेभलपमेन्ट काठमाडौले जिम्मेवारी पाएको छ ।

साउन २ गते देखि गाउपालिकाको वडा नम्बर १ देखि ६ सम्ममा २० जना गणकले घर घरमा पुगेर डाटा संकलन गर्ने कार्यक्रम रहेको डेभलपमेन्टको कार्यक्रम संचालक तारक धितालले जानकारी गराउनु भयो ।

बाल प्रोफाइलको लागि डाटा संकलन गर्न जानुभएको गणकलाई सम्बन्धि वडाको जनप्रतिनिधि तथा नागरिकलाइ सहजीकरण गरिदिनको लागि गाउपालिकाको अध्यक्ष धिरेन्द्र यादव ( बिस्पत) ले सबै संग आग्रह गर्नु भएको छ ।

Comments
Loading...