बागमती सेवा समाज नेपालद्वारा जोखिममा रहेका घरपरिवारलाई कम्बल वितरण

लोकप्रीय अवाज समाचारदाता

२४ माघ, सर्लाही । बागमती सेवा समाज नेपाल  तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगद्वारा पर्सा गाउँपालिकामा अतिजोखिममा रहेको परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।


२०० घरधुरीलाई पर्सा गाउँ पालिकाका अध्यक्ष धिरेन्द्र राय यादवबाट न्यानो कम्बल विरतरण भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाही तथा पर्सा गाउँ पालिकाको सहयोग तथा समन्वयमा भएको हो । पालिकाको अध्यक्ष यादवले सहयोगी संस्था बागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाललाइ धन्यवाद दिनुका साथै आउँदा दिनहरुमा पनि जोखिममा रहेका बालबालिका तथा घरपरिवारलाई सहयोग गरिदिनु हुनका लागि आग्रह गर्नु भएको छ ।
पर्सा–२, लाभान्वित दौलतीया देवी भन्नु हुन्छ,“ यो न्यानो कम्बल पाएर खुशी भएको छु, सहयोगी संस्था तथा सरकारलाई धेरै धन्यवाद छ ।”

कम्बल वितरण कार्यक्रम प्रभावकारी रहेको छ । जसको केही छैन उसले पाएको छ र कम्बल आउने वर्षहरुमा पनि जाडोमा उपयोगी हुने कुरा पर्सा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका फोकल पर्सन चन्दा यादव बताउनु   भयो ।

Comments
Loading...