बाणिज्य बैंकको शाखा स्थापना गराउन युवाहरु द्धारा हस्ताक्षर अभियान

रबिन्द्र ठाकुर २०७७ चैत्र ०७

सर्लाही जिल्लााको दक्षिणी क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिकाको क्षेत्रफलको हिसाबले जनघन्त्व बढि रहेको ठाउमा एकमात्र एन आइ सि एसिया बैकं भएको हुदा प्रतिदिन ग्राहकको संख्यामा वृद्धि हुदां बैंकले चितबुझ्दो सेबा प्रदान गर्न असर्मथ रहेको भन्दै हरिपूर्वा नगरपालिकाको युवासमुहले थप बाणिज्य बैंकको शाखा माग राख्दै हस्ताक्षर अभियान शुरु गरेको युवा नेता बिरेन्द्र प्रसाद अधिकारीले वताएको छन ।
आर्थिक बर्ष २०७७ – ०७८ को बजेट संचालाको लागि बिभिन्न वडाहरुमा उपभोक्ता समिती गठन भइरहेको र सो को खाता खोलाउन समिती बैंक जादा बैकंको कर्मचारीले बिभिन्न बहाना बनाउदै १५ देखि २० दिन सम्ममा खाता संचालन गर्न लगाउने अर्का युवा नेता दिपेन्द्र यादबले बताए ।
हाल हरिपूर्वा नगरपालिकामा २ दर्जन भन्दा बढि लघुबित बैंक,सहकारी संस्था संचालनमा रहेको छन । र सबै बैंक र संस्थाको कारेबार एन आइसि एसिया बैंकबाट नै भएपनि अधिकाशं समय बैंकमा रकम अभाब नै रहने हुंदा बिभिन्न संघ संस्थालाई जोखिम उठाएर बहिर बाट नै रकमको ब्यब्स्था मिलाउनु पर्ने एक लघुबितको ब्यबस्थापक ले बताए ।
अहिले नेपाल सरकारले बिभिन्न समाजिक सुरक्षा भत्ताहरु बैंकबाट नै बाडिने प्रबधान मिलाएको हुदां हरिपूर्वा नगरपालिकाको बाल पोषण भत्ता साउन यता बाड्न सकेको छैन. यस बारेमा पञ्जिकरण शाखाको कर्मचारी राजनारायण रायको अनुसार हामिले हरिपूर्वा नपाको सबै वडाबाट बालपोषण खाने बालबालिकाको खाता खोलाउन सम्पुर्ण फारमहरु बुझाइसकेको र बैंकले अहिले सम्म खाता खोल्नि न सक्दा बालबालिका को पैसा रोकिएको बताए ।
हस्ताक्षर अभियान बाट युवाहरुको समुहले हरिपूर्वा नगरपालिका भित्र ७ सय ५१ जना बिभिन्न सेबाग्राही हरुको हस्ताक्षर लिएर नगरप्रमुख सियाराम रायलाई बुझाएको छन ।

Comments
Loading...