बालबालिका तथा किशोरकिशोरीहरुका लागि निःशुल्क कम्प्युटर कक्षाको उद्दघाटन

लोकप्रिय समाचारदाता

सर्लाही, बैशाख १०। बागमती सेवा समाज नेपाल हरिवन, सर्लाही र हरिपुर्वा नगरपाकिला वडा नम्बर–१ को सहयोग तथा साझेदारीमा बालबालिका, किशोरकिशोरी लक्षित गरी बाल मैत्री सिकाई केन्द्रमा हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह, नगर उप–प्रमुख सुमित्रा देवी ग्वारीन, तथा हरिपुर्वा वडा नम्बर १ का वडा अध्यक्ष श्यामबाबु रायले निःशुल्क कम्प्युटर कक्षाको संयुक्तरुपमा उद्दघाटन गर्नु भएको हो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालले बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरसीप परियोजनाबाट सिकाई केन्द्रको लागि बसाँई व्यवस्थापन, बालबालिकाहरुका पढ्न विभिन्न किसिमका प्रेरणादायी पुस्तकहरु, खेलकुद सामाग्री साथै ३ वटा कम्प्युटर, टेबल, कुर्सीहरु प्रदान गरिएको बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले बताउनु भयो ।
संयोजक बादे थप्नु जोड गर्नु हुन्छ, बालबालिका किशोरकिशोरीहरुले वडा तथा हामीसँग बाल मैत्री सिकाई केन्द्रको स्थापना तथा कम्प्युटर सीपको लागि माग गरेका थिए जसको लागि “विभिन्न चरणमा पालिका तथा वडासँग समन्वय बैठक बसेका थियौं र पालिका तथा वडाले पनि बालबालिकाहरुको कुरा सुन्नु भयो र वडामा नै उपलब्ध गराईदिनु भयो त्यसपछि हामीले बसाइ व्यवस्थापन देखि लिएर, शैक्षिक तथा खेलकुद सामग्री र जीवन उपयोगी सीप सिक्नको लागि कम्प्युटर प्रदान गरौं ,“वास्तवमा बालबालिका किशोरकिशोरीहरुले आफ्नो फुर्सदको समयको सदुपयोग गर्दै सिकाई केन्द्रमा विभिन्न पुस्तक पढ्न्, मनका कुराहरु बताउने, बैठक बस्ने, योजना बनाउनका साथै निःशुल्क कम्प्युर सिकुन र उहाँहरुको वृत्तिविकासमा टेवा पुगोस् ताकि उहाँहरु मद्यपान, धुम्रपान, लागु औषध, जुवातास आदिमा नपरुन भन्ने हो । र अहिले सिकेको सीप आउने दिनहरुमा उहाँहरुको जीवनमा काम लागोस् ।”
सपना ठाकुर, सलेश बाल क्लबका अध्यक्ष भन्नु हुन्छ, ,“हाम्रो ठाउँमा पनि निःशुल्क कम्प्युटर सिक्न पाउने भएका छौ। हामीले वडा तथा बागममती सेवा समाज नेपालसँग माग पनि गरेका थियौं । हाम्रो माग सम्बोधन भएको छ । सहयोगी बागमती सेवा समाज नेपाल, वल्र्ड भिजन तथा वडालाई धेरै धन्यवाद दिन चाहन्छु ।”
बाल मैत्री स्थानीय शासन अन्तर्गत सबै वडामा कम्तीमा एकवटा बालमैत्री सिकाई केन्द्र बनाउनु पर्ने अवधारणा अन्तर्गत जुन सहयोग बागमती सेवा समाजले गरेको छ त्यो एकदमै सह्रानीय छ र यसको सिकाई केन्द्रको अपनत्व र निरन्तरताको लागि वडा तथा पालिकाले लिनु पर्ने हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले बताउनु भयो ।
“बालबालिका तथा किशोरकिशोरीहरुको उज्यालो भविष्यको लागि निरन्तर वडा तथा पालिकालाई झकझकाउने बागमती सेवा समाज नेपाललाई धेरै धन्यवाद दिन चाहन्छु, ।” नगर प्रमखु विनोद कुमार साह भन्नु हुन्छ, “ निःशुल्करुपमा हाम्रा बालबालिकाहरुले कम्प्युटर शिक्षा ग्रहण गर्छन् । समयको सदुपयोग गर्ने र सीप सिक्ने कुरालाई जोड दिनु पर्छ । लागु औषध तथा गलत बाटोमा लाग्नु हुँदैन । यस हरिपुर्वा नगरपालिकाले सिकाई केन्द्रको अपनत्व लिन्छ । साथै पालिकाबाट हुने सक्दो सहयोग गछौं ।” सबै वडामा बाल मैत्री सिकाई केन्द्र खोल्ने प्रतिबद्धता रहेको नगर प्रमुख साहले जानकारी दिए ।
बालबालिकाका हाम्रो उज्यालो भविष्य हो । बालबालिकाको लागि कुर्सी छोडेको हरिपुर्वा नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष श्यामबाबु रायले बताउनु भयो । समयलाई ध्यान दिंदै अनुशासनपूर्वक कम्प्युटर सिक्न तथा बालमैत्री सिकाई केन्द्रमा रहेका पुस्तकहरु पढ्न बालबालिकाहरुलाई अध्यक्ष रायले सुझाउनु भयो । सिकाई केन्द्र तथा निःशुल्क कम्प्युटर कक्षाको लागि निरन्तरता दिने र आवश्यक पर्ने सबै सहयोग पुरा गरिदिने प्रतिबद्धता अध्यक्ष रायले गर्नुका साथै घरपरिवार तथा समाजलाई गाह्रो हुने कुनै पनि किसिमका गलत कार्य नगर्न बालबालिकालाई अनुरोध समेत गर्नु भयो ।
निःशुल्क कम्प्युटर उद्दघाटन कार्यक्रमको अध्यक्षता हरिपुर्वा नगरपालिका १ का वडा अध्यक्ष श्यामबाबु रायले गरेका थिए भने प्रमुख अतिथि नगरप्रमुख विनोद कुमार साह, विशिष्ट अतिथि नगर उप्रमुख सुमित्रा देवी ग्वारीन, अतिथि कुमार परियार, महिला बालबालिका शाखा प्रमुख धनकुमारी खड्का, कार्य पालिका सदस्य, वडा सदस्य, अभिभावक, बाल क्लब, तथा रुपान्तर समूहका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन बागमती सेवा समाज नेपालका फिल्ड मोविलाईजर सुवोध कुमार महतोले गरेका थिए ।

Comments
Loading...