बालभित्ते पत्रिकाको पुरनताजगि तालिम सम्पन्न

बिबेक कुमार यादव

वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र बागमती सेवा समाज नेपाल द्वारा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गतको संयुक्त पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको बालबालिका हरुलाई सहभागी गराई उनिहरुलाई भित्ते पत्रीका सम्बन्धित तिन दिने तालिम प्रदान गरिएको छ।

उक्त तालिममा बालबालिका लाई समाचार लेखन,अन्तर्वार्ता,सम्पादकीय लेखन,व्यक्तिगत प्रस्तुति,फोटाे,व्यङ्ग्य रचना सहितको प्रभावकारी अवधारणा सहित बालबालिकालाई उक्त तालिम प्रदान गरिने हामिहरुको उद्देश्य रहेको भन्दै फिल्ड मोबिलाईजर मुकेश साहले जानकारी दिए त्यस्तै पत्रिकालाई बालभित्ते पत्रिकामा सुचना , समाचार,सम्पादकीय पत्रिकाको अङ्गहरुको बारेमा जानकारी गराउनु यस् कार्यक्रमको मुल उद्देश्य रहेको साहले बताए।

Comments
Loading...