Warning: session_start(): open(/tmp/sess_udtp1cebmtna615uurrvu39n90, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
बाल क्लब तथा रुपान्तरणका सदस्यहरुको सहयोगमा हरिपूर्वा नगरपालिकामा बालविवाह रोकियो – lokpriyaawaj

बाल क्लब तथा रुपान्तरणका सदस्यहरुको सहयोगमा हरिपूर्वा नगरपालिकामा बालविवाह रोकियो

लोकप्रिय समाचारदाता

जेष्ठ ९ गते हरिपुर्वा । सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नम्बर–७ मा सोमवार  हुन लागेको किशोरीको बालविवाह रोकिएको छ । नगरपालिकामा हुन लागेको बिवाह रुपान्तरण कक्षाका साथी सहजकर्ता तथा सहभागी किशोरकिशोरीले थाहा पाएर बालविवाह रोकाउन बालहेल्पलाईनको १०९८ र जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा फोन गरी अनुरोध गरेका थिए । तत् पश्चात प्रहरीद्धारा किशोरीका बुवालाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा झिकी छोरीको बिवाह नगराउने सर्तमा छोडेको प्रहरी निरिक्षक लक्ष्मण केसीले   बताए । यसरी हुन लागेको बालविवाह टरेको हो ।
हरिपूर्वा वडा नम्बर–७ का वडा अध्यक्ष उमेश राय भन्नु हुन्छ, “कानुन भन्दा ठुलो कोही पनि हुँदैन । जुन सुकै समाज वा व्यक्ति हुन् कानुन नियम पालना गर्ने पर्छ। यदि कसैले नियम भन्दा बाहिर जान्छ भने उ सजायको भागीदार बन्दछ ।”
रुपान्तरण साथी सहजकर्ता अनु यादव भन्छिन् ,“ बालविवाह रोकिएकोले खुशी लागेको छ । सानो उमेरमा हुन लागेको बिवाहले अझ बालिका÷किशोरीलाई एकदमै गाह्रो बनाउँछ, पढ्न पाउँदैन, चिन्ता पीर बनाउँछ, प्रगति गर्न सक्दैन, यदि बच्चा जन्म्यो भने बच्चा आमा दुवैलाई असर पु¥याउन सक्छ।”
“बाल बिवाह रोक्नका लागि बाल क्लब र रुपान्तरणका भाइबहिनीहरुको ठुलो योगदान छ । प्रहरीले पनि बेलैमा साथ दिनु भएको छ । बयस्कहरु तथा स्थानीय सरकारको बालबिवाह रोक्न अहम् भूमिका हुनु पथ्र्यो तर उहाँहरु उदासिन देखिन्छन् । बयस्क तथा स्थानीय सरकारले गर्ने काम बालबालिका तथा किशोरकिशोरीहरुले गरिरहेका छन् । ” बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादे भन्छन्,“ बालबिवाह रोक्न बाल क्लब तथा रुपान्तरण समूहका भाइबहिनीहरुले टोल–टोलमा गएर अभिभावक, किशोरकिशोरीलाई अभिमुखीकरण गर्दै आएका छन् साथै बालविवाह विरुद्धको सडक नाटक पनि चौकहरुमा देखाउँदै आएका छन् तर पनि बालविवाह रोक्न चुनौति बन्दै आएको थियो।”


संयोजक बादे थप्छन् “ बागमती सेवा समाज नेपालद्धारा वल्र्ड भिजनको आर्थिक सहयोगमा जिल्लाको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँ पालिकामा बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरशीप परियोजना चल्दै आएको छ। यस अन्तर्गत रुपान्तरण कक्षाहरु सञ्चालन भैरहेको छ जसमा आत्मरक्षा तथा जीवन उपयोगी सीपहरु बालविवाह, विरुद्धको छलफल, लागूऔषध, दुव्र्यसन, यौन दुव्र्यवहार, महिनाबारी स्वच्छता, खर्च तथा बचत आदिका बारेमा सिकाईन्छ । बालबालिकाहरु जोखिममा पर्दा बालहेल्पलाईनको १०९८ र जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा फोन गरी सहयोग लिनु पर्ने भन्ने पनि सिकाईन्छ । ”

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_udtp1cebmtna615uurrvu39n90, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0