बाल बिवाहअन्त्यको लागि अपाङ्गता भएका व्यक्तिहरुद्घरा चार पाङ्ग्रे स्कुटी रयाली
लोकप्रिय समाचारदाता
सर्लाहीको ईश्वरपुुर नगरपालिकालाई बाल बिवाह मुुक्त बनाउन आज पालिकाको १३,१४,१५, १, २, ३, ४,५,६ र ७ वडामा रयाली निकालीएको छ । Save the children अार्थिक सहयोग ग्रामिण नारी उत्थान संघ हरिपुर २ सर्लाहीको सहकार्य ईश्वरपुर नगरपालिका समन्वय र अपाङ्ग अनाथ वृद्ध उत्थान समाज नेपाल (डूपुस नेपाल) ईश्वरपुर १३ सर्लाहीको आयोजनामा सि. ई .एफ .एम.परियोजना अन्तर्गत बाल बिवाह जवरजस्ती बिबाह कम उमेरमा हुने बिवाह अन्तको लागि अपाङ्गता भएका व्यक्तिहरु बाट रयाली निकालिएको हो । रयालीमा अपाङ्गता भएका तथा चार पाङ्ग्रे स्कुटि सहित ३५ जनाको सहभागी भएको थियो।
संस्थाको अध्यक्ष राम कैलाश महतोको अध्यक्षता ईश्वरपुर १४ को वडा अध्यक्ष सित कुमार महतोको बिशिस्ट अथित्यमा कार्यक्रम भएको थियो।
२० वर्ष भन्दा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि सचेतना फैलाउन रयाली गरिएको हो । यस संस्थाबाट बाल बिबाह जवरजस्ती बिबाह रोकथाम ,न्यूनीकरण र अन्त्यका लागि विभिन्न गतिविधि संञ्चालन हुँदै अाईरहेको छ।
र्यालीको माध्यमबाट कम उमेरमा बिवाह गर्दा भोग्नु परेको शारीरिक मानसिक अार्थिक कानुनी समस्या, पारिवारिक तनाव र कलह,पढाइबाट बञ्चित हुँदा भोग्नुपरेको कठिनाई आदिको विषयलाइ संवेदनशिल ढंङ्गले बुुझाउने सामाग्री सहितको प्रेकार्ड सहित रयाली गरेको थियो।