बाल संरक्षण तथा घटना व्यवस्थापन तालिम सम्पन्न।

बिबेक कुमार यादब

हरिपुर्वा नगरपालिका अन्तरगत बाल संरक्षण तथा घटना व्यवस्थापन सङ्ग सम्बन्धित दुई दिने तालिम आज सम्पन्न भएको छ।जसमा सहभागीहरुले बालअधिकार, बालसंरण प्रणाली, घट्ना व्यवस्थापन र सिफारीस संयन्त्रका बिषयमा आधारभूत ज्ञान प्राप्त गर्ने साथै
समुदायमा आधारित बालसंरक्षणको सबलीकरण गर्न बालअधिकार समितिका पदाधीकारीहरु र बालसंरक्षणका पात्रहरु क्रियासिल भएका हुने कार्यक्रमको उद्देश्य रहेको बागमती सेवा समाज नेपालका परियोजनाको फिल्ड मोबिलाईजर मुकेस कुमार साहले लेजाकारी दिए।
त्यस्तै जनप्रतिनिधिलाई बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि अभ्यास समेत गराइएको साहले जानकारी दिए ।

वर्ल्ड भिजनका प्रतिनिधि सीता चौधरीले बालबालिका सम्बन्धि भएको घटना तालिमका सहभागीलाई व्यवस्थापन गर्ने अनुरोध गर्दै उनले हरिपुर्वा नगरपालिकाको अधिकान्स वडा को बाल अधिकार समितिको संयोजकहरुले आ- आफ्नो काम र कर्तव्य जिम्मेवारी लिएपछि राम्रो हुन्छ ।

Comments
Loading...