असार २४ लालबन्दी । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाज र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको साझेदारीमा आगामी २०२७ देखि २०३० सम्मको ५ बर्षिय कार्यक्रमको योजना निर्माण तथा कार्यान्वयन सम्बन्धि १ दिने कार्यशाला गोष्ठी लालबन्दीको युनाइटेड होटेलमा सम्पन्न भएको छ ।
पोषण तथा उत्थानशिल जिवकोपार्जन परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिका तथा पर्सा गाउपालिकाको जनप्रतिनिधि तथा शाखा प्रमुखहरू सङ सल्लाह तथा सुझावको लागि बाल समृद्धि परामर्श कार्यशाला गोष्ठी सप्पन्न भएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको समाजिक परिचालक सुशील महतोले जानकारी गराएको छन ।
परामर्श कार्यक्रममा आगामी ५ बर्षको कार्य अबधिमा गुणस्तर शिक्षाको कमि,कुपोषण, महिला हिंसा तथा लागू औषध बिषयमा वर्ल्ड भिजन, बागमती सेवा समाज, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र तथा कार्यक्रममा उपस्थिति भएको सहभागीहरुले संयुक्तरूपमा आफ्नो अभिव्यक्ति राखेको थियो ।
कार्यक्रममा हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साह, उप प्रमुख सुमिन्त्रा देवि ग्वारिन, पर्सा गाउपालिकाको वडा नम्बर ३ को वडाध्यक्ष भिखारी साह बागमती सेवा समाजको प्रतिनिधि प्रमेश बादे, भरत कार्की, वर्ल्ड भिजन प्रतिनिधि सीता चौधरी लगाएतको उपस्थित रहेको थियो ।