बासुदेवशरण कोइरालाको निधन,पार्थिव शरीरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने

मुकेश झा

नवलपुर, ०३ भदौ – नेपाली कांग्रेसका पुराना नेता एवं सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षक बासुदेवशरण कोइरालाको निधन भएको छ ।

कोइरालाको राति लालबन्दी २ जुटपानीस्थित निवासमा निधन भएको हो । जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालासहित नेपाली कांग्रेसका संस्थापक नेताहरुसँगै राजनीतिक जीवन सुरु गरेका कोइराला नेपाली कांग्रेस सर्लाहीको पूर्व सभापतिसमेत हुन् ।

विभिन्न कालखण्डको राजनीतिक आरोहअवरोह झेलेका कोइराला केही महिनादेखि अस्वस्थ भएपछि निवासमै आराम गरेर बसिरहेका थिए । कोइरालाको निधनपछि कांग्रेसका नेता कार्यकर्ता तथा अन्य व्यक्तिले एउटा इतिहाँस ढलेको भन्दै दुःख व्यक्त गरिरहेका छन् ।

कोइरालाले आफू ज्यूँदो रहँदा शरीर दान गर्ने घोषणा गरेका उनको पार्थिव शरीरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने परिवारिक स्रोतले जनायो ।

Comments
Loading...