Warning: session_start(): open(/tmp/sess_fdsfmsilp9e9c5pe4kqcroaj64, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
बिजया दशमी को सुरुवात सगैं हरिपूर्वा नगरपालिकामा सिताराम नाम जापको नवाह यज्ञ शुरु – lokpriyaawaj

बिजया दशमी को सुरुवात सगैं हरिपूर्वा नगरपालिकामा सिताराम नाम जापको नवाह यज्ञ शुरु

रबिन्द्र ठाकुर असोज - २० - २०७८

हिन्दुहरुको माहान चाड पर्वहरु मध्ये पर्ने बिजया दशमी शुरुवात भए सर्गैं सर्लाहीको हरिपूर्वा नगरपालिको बिभिन्न मठ मन्दिर हरुमा सिताराम नाम जापको नौ दिने नवाह यज्ञ शुरु भएको छ । हरिपूर्वा नगरपालिका –६ स्थित साक्षात काली मन्दिर भएको कारण यहा दुर्गा जिको प्रतिमा बनाउने चलन नरहेको हरिपूर्वा मा पुजापाठ गराउने पडिंत जयकान्त झा ले बताउनु भयो । झा को अनुसार कालि जि को मन्दिर रहेको ठाउमा मुर्ती पुजा नगरिने र गरेमा भयानक सम्स्या बाट गुजरनू पर्ने भएकोले दशैंमा प्रतिमा को पुजा नगरिने उहाले बताउनु भयो ।

रामायणमा राबण माथी श्री रामले विजया दशमी कै दिन बिजय प्राप्त गर्नु भएको ले दशैंमा दुर्गा पुजाको साथमा सिता रामको पुजा पनि गरिने चलन रहेको ले नगर भित्र रहेको करिब आधा दर्जन मन्दिरमा सिताराम नाम जाप शुरु भएको नगर प्रमुख सियाराम रायले बताउनु भयो ।

यसै अवशरमा आ हरिपूर्वा नगरपालिका–०१ स्थित रहेको परमहंश कुटिमा नगर प्रमुख सियाराम रायले २४ घण्टे १० दिन सम्म चल्ने श्री सिताराम जप नवाहको उद्दघाटन गर्नुभएको सिताराम जाप नवाह समितीको अध्यक्ष महेन्द्र यादवले बताए ।
३ सय ७१ कुमारी कन्याले हरिपूर्वा नगरपालिका स्थित रहेको हरदी खोला तथा भुरही नदिको संगमबाट कलश भरि नगर सोभा यात्रा निकालि जग स्थल सम्म पुगेको नेकपा एमालेको प्रदेश २ सदस्य बिकाउ राय यादब ले बताए । यज्ञको जगीको रुपमा हरिपूर्वा नगरपालिका–५ बस्ने फेकु राय रहेको छ । दश दिन सम्म चल्ने नवाहमा बिभिन्न दाताहरुले मण्डली तथा सहभागी सदस्यहरु लाई स्वेक्षाले खाना तथा दान चढाउने गरेको यादवले बताए ।
कलश यात्रामा हजारौ श्रद्धालुको उपस्थिती रहेको थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_fdsfmsilp9e9c5pe4kqcroaj64, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0