बिरेन्द्र ठाकुर बचाउ अभियान कोषमा जम्मा भएको रकम मृतक परिबारलाई हस्तनान्तरण

मुकेश झा भदौ ०७ २०७७ हरिपूर्वा

सर्लाही ७ भदौ । सर्लाहीको हरिपूर्वा ६ निबासी बिरेन्द्र ठाकुर केहि दिन अघि भयानक रोग बाट संक्रमित भएर केही दिन अघि मृत्यु भएपछि उहाको नाउमा बिरेन्द्र ठाकुर बचाउ अभियानकोष मा जम्मा भएको २७ हजार ५ सय रुप्या मृतक को श्रीमतीलाई काम क्रियाको लागी आर्थिक सहयोग गरिएको हरिपूर्वा युवा सामुदायिक क्लबको अध्यक्ष खगेन्द्र यादवले बताएको हुन ।

हरिपूर्वा नगरपालिकामा केही दिन देखि हरिपूर्वा नगरपालिका लाई बिकसित बनाउन तथा नगरपालिकाको हरेक नागरिकको ख्याल राख्दै केहि कोष स्थापना गरेर दिन दुखिलाई सहयोग गर्न अगरसर भएको युवा बिरेन्द्र अधिकारीले बताए ।
तत्कालिन जनयुद्धको बेला माओबादीको कमानडो को रुपमा सक्रिय युवा बिरेन्द्र ठाकुर केहि दिन अघि भयानक रोगबाट ग्रसित भएपछि कुनै नेता वा दलले सहयोग नगरेको बेला हरिपूर्वाको युवाहरु बिरेन्द्र ठाकुर बचाउनको लागी अभियान नै चलाए पनि बचाउन सकिएन । मृत्यु हुनु भन्दा केहि दिन अघि मात्र जानकारी भएपछि हामीले सो अभियान चलाएको र कोषमा देश तथा बिदेश बाट सहयोग भएपनि बचाउन नसकिएको अर्को युवा सुबोध रायले बताए ।
बिरेन्द्र ठाकुर बचाउ अभियान कोषमा मलेसिया बाट बिरेन्द्र यादवको नेतृत्वमा २० हजार,बिदेश मै रहेको ललन यादवले रु ३३ सय,हरिपूर्वा युवा सामुदायिक क्लबको अध्यक्ष खगेन्द्र यादवले रु २ हजार ५ सय,बिनय कुमार साहले रु ५ सय,रामबाबू साह रु.५ सय,पबन कुमार यादब,रु ५ सय गरि जम्मा रु २७ हजार ५ सय हरिपूर्वाको सक्रिय युवाहरुको समुहले मृतकको श्रीमतिलाई हस्तनान्तरण गरेको छ ।

Comments
Loading...