Warning: session_start(): open(/tmp/sess_840mn3icf0b2vsus8i596pq4s4, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
फागुन ७ गते हुने नगरसभामा जनमत पार्टीको समर्थन – lokpriyaawaj

फागुन ७ गते हुने नगरसभामा जनमत पार्टीको समर्थन

बिबेक कुमार यादब

फागुन ०६ हरिपुर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकामा अहिले विभिन्न राजनितिक पार्टीहरु २ गुटमा बाडिएको छ । चालु आव को शुरुवात देखी हरिपूर्वा नगरपालिकामा जनप्रतिनिधीहरु बिच आपसी सहमती नहुदा नगरसभा समेत हुन सकेको छैन । नगरसभा नहुदा नगरपालिकाको विकास निर्माणको काम लगाएत समाजिक सुरक्षाभत्ता, कर्मचारीलाई तलव,स्वास्थ्यचौकीमा औषधी,कृषि,सिचाई लगायतका कामहरु प्रभावित बनेको छ ।
जसको मुख्यकारण छ हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको लगातार सरुवा, विगत १० महिनामा ९ वटा प्रमुख प्रशासकिय अधिकृत सरुवा भएको छ । केही बाटो बाट त केही कार्यालय पुगेको १ घण्टा,१ दिन,१ महिनामा।
लामो समय देखी कर्मचारीहरुको तलव रोकिएपछि माघ २८ गते देखी नगरपालिका भित्रका कर्मचारीहरु सम्पुर्ण कार्यालय बन्द गरेर धर्नामा बसेर नगरसभा गराउन दवाव सृजना गरेपछि माघ २८ गते बसेको कार्यपालिकाको निर्णयले फागुन ७ गते नगरसभा गर्ने निर्णय भएलगत्तै  नगरस्तरिय विभिन्न पार्टीहरुले नगरसभाको पक्षमा आफ्नो समर्थन जनाएको छ ।
यसै बिचमा जनमत पार्टी नेपालको नगर अध्यक्ष दिनेश यादवको नेतृत्वमा आज कर्मचारीहरुले गरेको बन्दमा आफनो एकबद्धता जनाउदै भोली हुन गइरहेको नगरसभा सफल पार्न पुर्ण समर्थन रहेको नगर अध्यक्ष दिनेश यादवले जनाउनुभयो ।
Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_840mn3icf0b2vsus8i596pq4s4, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0