चैत ०१ मलंगवा । मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाबाट एक जनालाई बुधबार पक्राउ गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-८ मा रहेको राजदेवी मन्दिर र मलंगवा नगरपालिका-९ स्थित झिलमिलिया माई मन्दिरमा रहेको मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका -८ घर भएका ३३ वर्षीय राकेश बैठालाई पक्राउ गरेको हो ।प्रहरीले बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । बैठाले गएको मंगलबार साँझ मन्दिर तोडफोड गरेर भागेपछि प्रहरीले विषेशसुत्रको आधारमा पक्राउ गरिएको जानकारी दिएको छ । मन्दिर तोडफोडमा संलग्न बैठालाई धर्म सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ। धार्मिकस्थल तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा कसुरमा पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुने उल्लेख गरिएको छ।
 प्रहरीले सर्लाहीको मलंगवाबाट एक जनालाई बुधबार पक्राउ गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-८ मा रहेको राजदेवी मन्दिर र मलंगवा नगरपालिका-९ स्थित झिलमिलिया माई मन्दिरमा रहेको मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका -८ घर भएका ३३ वर्षीय राकेश बैठालाई पक्राउ गरेको हो ।प्रहरीले बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । बैठाले गएको मंगलबार साँझ मन्दिर तोडफोड गरेर भागेपछि प्रहरीले विषेशसुत्रको आधारमा पक्राउ गरिएको जानकारी दिएको छ । मन्दिर तोडफोडमा संलग्न बैठालाई धर्म सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ। धार्मिकस्थल तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा कसुरमा पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुने उल्लेख गरिएको छ।
								
									
								 Sign in / Join							
							
								
									
											
										
											
		
					
								
			
			
	
										
									
								
							
												
				
				
				 Sign in
				
					
						
						
										
				
			
			Recover your password.
A password will be e-mailed to you.
Comments
		
	
	