वल्र्डभिजन इन्टरनेसनल नेपाल को सहयोग तथा बागमती सेवा समाज नेपालको आयोजनामा महत्वपूर्ण परिवर्तन सम्बन्धि कथा लेखन तालिम सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । बाल संरक्षण समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत भएको तालिममा बालबालिकाहरुले आफूले अनुभव, अनुभूति गरेका, देखेका जानेका, बुझेका आफ्नै तथा घरपरिवार साथै समुदायका प्रेरणादायी, महत्वपूर्ण कथाहरु लेखेर बाचन गरेर प्रस्तुत गरेको बागमती सेवा समाज नेपाल हरिवन, सर्लाहीका परियोजना संयोजक प्रमेश बादेले बताए ।
रसिदा खातुन, मा दुर्गा बाल क्लबका अध्यक्ष, पर्सा–४ भन्नु हुन्छ “यो तालिममा सहभागी हुनु पाउँद मलाई एकदम खुशी लागेको छ । मैले यहाँ कथा के हो, कसरी लेख्ने तथा त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने जाने । आफ्नो तथा घरपरिवारको बारेमा पनि बताए र साथीहरुको पनि सुने ।” आउँदा दिनमा पनि आयोजक संस्थाबाट यस्तै तालिमहरुको आशा रहेको अध्यक्ष खातुनले बताए ।
हरिपुर्वा न.पा.–४, सुरक्षा बाल क्लबका सदस्य रतिका यादव भन्नु हुन्छ,“यो तालिमले मलाई अगाडी आएर बोल्न सिकाएको छ । मैले मेरै आफ्नो कथा लेखे र सबै साथीहरुको अगाडी सुनाए । सबैले सर्हाना गरे एकदम खुशी लागेको छ । म आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छु ।
३ दिन सम्म भएको तालिममा हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकाका २४ जना दर्ता गरिएको बालबालिका तथा जोखिमा रहेका किशोरकिशोरीहरुको सहभागिता रहेको थियो भने सहजिकरण वल्र्ड भिजन ईन्टरनेशनल नेपाल पूर्व फिल्ड अफिसका जिल्ला संयोजक सीता चौधरी, स्पोन्सरसीप लिड रश्मी गुरुङ र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले गरेका थिए ।
								
									
								 Sign in / Join							
							
								
									
											
										
											
		
					
								
			
			
	
										
									
								
							
												
				
				
				 Sign in
				
					
						
						
										
				
			
			Recover your password.
A password will be e-mailed to you.
Comments
		
	
	