Warning: session_start(): open(/tmp/sess_b0sq2q0tog1dqfguntt90k21p7, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
यादव र पण्डितले छाडे जसपा नेपाल – lokpriyaawaj

यादव र पण्डितले छाडे जसपा नेपाल

लोकप्रिय समाचारदाता

मलंगवा, १८ साउन – जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका नेता गणेशकुमार यादव र मुकेशकुमार पण्डितले आज एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनीहरु दुवै जना २० वर्षअघि मधेश जनविद्रोह सुरु हुँदा देखि नै यो पार्टीमा आवद्ध भएका थिए । गएको चैतमा जसपा नेपाल सर्लाहीको जिल्ला कार्य समिति विघटन हुनुअघि हरिपूर्वा नगरपालिका निवासी यादव वरिष्ठ उपाध्यक्ष र मलंगवा नगरपालिका निवासी पण्डित उपाध्यक्ष थिए ।

पार्टीभित्र सर्लाहीमा देखिएको गुटउपगुटका सम्वन्धमा केन्द्रीय समितिलाई बारम्बार जानकारी गराउँदा पनि सुनुवाई नगरेको र यो पार्टीमा बसिरहँदा राजनीतिक भविष्य समेत नदेखेर राजिनामा दिएको दुवै नेताले दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

यादव र पण्डितले अहिलेसम्मको राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आजैका मितिदेखि जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताएका छन् ।

जसपा नेपाल परित्याग गरेका उनीहरु आगामी दिनमा अन्य राजनीतिक दलमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_b0sq2q0tog1dqfguntt90k21p7, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0