राष्ट्रिय रोजगार प्रवर्द्धनको graduation कार्यक्रम सम्पन्न

मुकेश झा

भदौ २७ सर्लाही । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र नेपालको संयुक्त साझेदारीमा संचालित एकीकृत पोषण तथा उत्पादनशिल जिविकोपार्जन परियोजना अन्तरगत यस् हरिपुर्वा नगरपालिकामा UPG MODEL का कार्यक्रम अन्तरगत यस् पालिकाको वडा न.१,२,५,७ र ९ का 2022-2023 मा आबद्ध भएका १ सय १७  घरपरिवारलाई हरिपुर्वा नगरपालिका वडा न. १ स्थित रहेको नगर अस्पतालको भवनमा एक समारोहका बिच graduation कार्यक्रम सम्पन्न गरिएको छ।

यस् कार्यक्रमको मुल उद्देश्य नै अति बिपन्न घर परिवारको हरुलाई छनौट गरेर उनिहरुको आवश्यकता अनुसारको विभिन्न व्यापार,व्यवसाय,रोजगारमा सहयोग गरेर २ वर्षको अवधिमा विभिन्न ४ पिल्लरलाई लक्षित गराउने, विभिन्न क्रियाकलापमा सहभागी गराउने, उनिहरुको गरिबिपन लाई तुलना गरेर जीवन सहज र रोजगार दिलाउने उद्देश्यले एक स्टेप माथि उठाउनु रहेको  कार्यक्रमको फिल्ड संयोजनक सुशील महतोले जानकारी गराउनुभएको छ ।

कार्यक्रमको प्रमुख आतिथिको रुपमा नगरप्रमुख बिनोद कुमार साह तथा बिशिस्ट आतिथिको रुपमा सुमिन्त्रा देवि ग्वारिन रहनुभएको थियो । त्यस्तै आतिथिको रुपमा वडा नम्बर १ देखि ९ सम्मको वडाध्यक्ष, प्रशासकीय अधिकृत कुमार परियार सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रमको फोटोहरु

Comments
Loading...