Warning: session_start(): open(/tmp/sess_4sm531s1b15nfulkgvdcrit9e3, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
लागुपदार्थ दुरुपयोग विरुद्ध पूर्ण ताजगी कार्यक्रम सम्पन्न – lokpriyaawaj

लागुपदार्थ दुरुपयोग विरुद्ध पूर्ण ताजगी कार्यक्रम सम्पन्न

बिबेक कुमार यादब

चैत ०१ सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिका अन्तर्गत वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको आयोजनामा संचालन बाल संरक्षण तथा समुदायमा संलग्न बाल स्पोन्सरशिप परियोजना द्वारा लागुपदार्थ दुरुपयोग विरुद्ध पूर्ण ताजगी कार्यक्रम तालिम सम्पन्न भएको छ।
यस कार्यक्रमा दुबै पालिकाका किशोकिशोरीहरु को उपस्थिति रहेको थियो।


उक्त कार्यक्रममा बढ्दै गएको लागु औषद दुरुपयोगलाई ध्यान आकर्षण गर्दै हरिपुर्वा र पर्सा पालिका को किशोर किशोरीहरुलाई लागु औषध बाट हुने बेफाइदा बारे जानकारी गराई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ।
पर्सा गाउँपालिका बस्ने पिंकी शर्मा भनछन् ” यस्तो कार्यक्रम हाम्रो स्थानिय तहमा लागुपदार्थ सेवन गर्ने किशोर किशोरी तथा युवा युवती लाई जोखिम बाट जोगिन मदत पुर्याउने छ”।

कार्यक्रमको बारेमा विशेष जानकारी प्राप्त भएको र उक्त कार्यक्रममा सिकेका कुरा आफ्नो समुदायमा गई सिकाउन प्रयास गर्ने छु उनको भनाई रहेको छ।
कार्यक्रम संचालन बाल स्पोन्सरशिपका कार्यक्रम संयोजक प्रमेश बादे ले संचालन गरेका थिए।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_4sm531s1b15nfulkgvdcrit9e3, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0